२२ बैशाख २०८१, शनिबार | May 5, 2024

पूर्व प्रधानन्यायाधीसहरुलाई प्रधानमन्त्री ओलीले धम्काएको भन्दै प्रचण्ड-नेपाल पक्षले जनायो आपत्ति



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानन्यायाधीशहरुलाई धम्क्याएको भन्दै आपत्ति जनाएको छ ।

आइतबार साँझ बसेको सचिवालय बैठकले पूर्वप्रधानन्यायाधीशहरुले नागरिकको हैसियतमा बोल्दा प्रधानमन्त्रीले अपमानित गर्ने र धम्क्याउने काम गरेको ठहर गर्दै प्रधानन्त्रीको पदमा बसेर नागरिकको हैसियतले धारणा राख्ने न्यायाधीसलाई धम्कीपूर्ण भाषा प्रयोग गर्नु आपत्तिको कुरा भएको स्पष्ट पारेको छ ।

बैठकको बिषयमा जानकारी दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले हरेक नागरिकले आफ्नो विचार राख्न पाउने स्वतन्त्रता र संवैधानिक हकको सम्मान गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

संसद विघटनबारे पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पूर्व प्रधानन्यायाधीस समूहको नामबाट बिज्ञप्ति जारी गरेको भन्दै प्रधानमन्त्री ओलीले आपत्ति जनाएका छन् । आइतबार मात्र राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले अदालतको काममा बाधा गरेको भन्दै प्रधानन्यायाधीसहरुलाई त्यसो नगर्न चेतावनी दिएका थिए ।

बैठकले सरकारी सञ्चार माध्यमहरु एउटा गुटको पर्चा जस्तो भएको भन्दै बिरोध जनाएको छ । प्रवक्ता श्रेष्ठले सरकारी स्रोत साधनको दुरुपयोग गर्न बन्द गर्न आग्रह गरे ।

 

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ६ : ५६ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै