१६ बैशाख २०८१, आइतबार | April 29, 2024

प्रधानमन्त्री केपी ओलीले न्यायालय पनि विघटन गर्न सक्छन : नेता पुन



काठमाडौ । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले न्यायालयलाई प्रभावित पार्ने सार्वजनिक अभिव्यक्ति दिँदै हिंडेको भन्दै आपत्ति जनाएका छन् । आफ्नो व्यक्तिगत मनोकांक्षा सिद्ध गर्न अलोकतान्त्रिक र असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेका ओलीले न्यायालय विघटन गर्न खोजेको टिप्पणी उनको रहेकोे छ ।

नेता पुनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्ने चार पूर्वप्रधानन्यायाधीशलाई धम्की दिएकामा पनि आक्रोश व्यक्त गरे । ओलीले राज्य शक्तिको दुरुपयोग गरेर न्यायालय विघटन गर्न सक्ने भन्दै उनले सचेत रहन न्यायपालिकाको नेतृत्वलाई आग्रह गरे । ‘केपी ओलीले संसदमा दुई तिहाइ बहुमतसहितको विशाल पार्टी र प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस गरेका छन् ।

आफूले भनेजस्तो नहुँदा न्यायालयलाई पनि विघटन गर्ने, स्वतन्त्र न्यायालयप्रतिको जनआस्थालाई विघटन गर्ने, न्यायपालिकाप्रतिको विश्वास घटाउने प्रयत्न गरेका छन्, नेकपाको प्रचण्ड–माधव नेपाल पक्षीय मजदुरहरुको उपत्यास्तरीय प्रशिक्षण कार्यक्रममा मन्त्री पुनले भने, ‘न्यायपालिकालाई धम्क्याउने, दबाब दिने र षड्यन्त्र गर्ने गतिविधि जारी छन् । यसमा न्यायमुर्तिहरु सचेत रहनुपर्छ ।’

ओली र ओली समूहका कोही नेताले सार्वजनिक स्थानबाट प्रतिनिधिसभा विघटन संविधानको कुन व्यवस्थाअनुसार गरेको भन्नेबारे बोल्न नसकेको भन्दै पुनले अदालतबाट प्रतिनिधिसभा पुर्नस्थापना हुने विश्वास व्यक्त गरे । पुनले जनताको भावनानअुसार न्याय निरुपण गर्नुपर्ने समय आएको चर्चा गर्दै न्यायालयप्रति आफूहरुको विश्वास रहेको उल्लेख गरे ।

ओलीको व्यक्तिगत महत्वाकांक्षा, स्वेच्छाचारिता र निरंकुशतालाई अदालतले सही ठह¥याउन नसक्ने उनको भनाइ छ । ‘न्यायपालिकाले ओलीको कलदमलाई बदर गरेर प्रतिनिधिसभा पुर्नस्थापना गर्छ । यो कदम सच्याउनुको विकल्पै छैन । संविधानले त्यसै भन्छ’, पुनले ।

न्यायलयले संविधानको संशोधन नभई भएको संवैधानिक व्यवस्थाको व्याख्या गर्ने भन्दै नेता पुनले कानून नबुझेको सामान्य मानिसले संविधान पढ्दा कतै पनि बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको अधिकार नराख्ने बताए । पुनले ओलीको अलोकतान्त्रिक र निरंकुश कदमप्रति खबरदारी थर्दै सडकबाटै सच्याउन बाध्य पारिने चेतावनी पनि दिए ।

ज्ञानेन्द्र शाहको निरंकुशता जनताको शक्तिका अगाडि नटिकेको चर्चा गर्दै पुनले ओलीको निरंकुता धेरै दिन नटिक्ने दाबी गरे ।
ओलीले आफू कामचलाउ प्रधानमन्त्री भइसकेपछि कामचलाउ मन्त्री नियुक्त गरेको र केही माओवादी जनयुद्धबाट र झापा आन्दोलनको क्रान्तिकारी विरासतबाट आएका मानिसहरु पनि ओलीको मन्त्री खान दौडिएको भन्दै उनले व्यंग्य गरे ।

 

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ८ : २१ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क