२१ बैशाख २०८३, सोमबार | May 4, 2026

गोरखादेखी सुरु भएको एकीकृत पदयात्रा टोली हनुमानढोकामा, आज बिहान जंगीअड्डा जाने



काठमाडौं । गोरखादेखि काठमाडौंसम्मको विजय अभियानको क्रममा गोरखा सेनाले प्रयोग गरेका मार्गहरूमा एकीकृत पदयात्रा गर्दै ४० जना नेपाली सेनासहितको पदयात्रा टोली हनुमानढोका आइपुगेको छ ।

आज पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसमा हनुमान ढोकादेखि तराई, मधेस, पहाड, हिमाल र काठमाडौं उपत्यकाको विशिष्ट संस्कृति झल्किने झाँकी, बाजागाजासहित उक्त टोली सैनिक मुख्यालय जंगीअड्डा जाने छ ।

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले एकीकृत पदयात्रा कार्यक्रममार्फत नेपाल एकीकरणसँगै राष्ट्रिय एकता र सैनिक इतिहासबारे जानकारी दिने कार्यक्रम गरिँदै आएको बताए ।

पदयात्रामा पृथ्वीनारायण शाहले स्थापना गरेका नेपाली सेनाका पाँच वटा कम्पनीहरू श्रीनाथ, पुरानो गोरख, कालिबक्स, बर्दाबाहिनी र सबुजको टोलीसँगै सर्वसाधारण र विद्यार्थीहरू सहभागी छन ।

सैनिक प्रवक्ता पौडेलले ती पाँचवटै कम्पनीको निशान, ज्वाला ‘टर्च’ सँगै नेपालको झण्डा पदयात्रामा सहभागी हुनेहरूले बोकेका छन । उक्त टोलीले यही पुस २१ गते गोरखा दरबार क्षेत्रबाट पदयात्रा सुरू गरेको थियो । टोली धादिङ, नुवाकोट र शिवपुरी हुँदै हनुमानढोकामा आइपुगेको हो ।

नेपाली सेनाको स्थापना गर्न पृथ्वीनारायण शाहको महत्त्वपूर्ण भूमिका मानिने गरिन्छ । उनै पृथ्वीनारायणसँग नेपाली सेनाको इतिहास जोडिएको छ ।

सोही कारण नेपाली सेनाले नेपाल एकीकरणको इतिहास र सैनिक इतिहासबारे नयाँ पुस्तालाई थाहा दिँदै तत्कालीन गोरखा सेनाले काठमाडौं उपत्यकासम्मको विजय यात्राको क्रममा प्रयोग गरेका मार्गहरूको पर्यटकीय दृष्टिले विकासका लागि सघाउन पुर्‍याउने उद्देश्यले एकीकृत पदयात्रा गरिँदै आएको सैनिक प्रवक्ता पौडेलले बताए ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ७ : १६ बजे

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

नृत्यकर्मी संघ नेपाल रुपन्देहीमा नयाँ नेतृत्वलाई पद हस्तान्तरण

बुटवल । नृत्यकर्मी संघ नेपाल, रुपन्देहीको नयाँ नेतृत्वलाई पद हस्तान्तरण

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२