१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सैनिक मुख्यालयभित्र पृथ्वीनारायण शाह अध्ययन केन्द्र स्थापना



काठमाडौं । नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७ को अवसर पारेर पृथ्वी नारायण शाह अध्ययन केन्द्रको उद्घाटन गरेको छ ।

नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा सोमबार आयोजित विषेश समारोहमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सो अध्ययन केन्द्रको उद्घाटन गरेका हुन् ।

केन्द्रमा पृथ्वीनारायण शाहबारे जानकारी दिने महत्वपूर्ण सामाग्रीहरु, पृथ्वीनारायणको पालाको इतिहास झल्काउने कैयौं चित्रकला लगायतका महत्‍त्वपूर्ण सामाग्री राखिएको सेनाले जनाएको छ ।

अध्ययन केन्द्रको उद्घाटन गर्नुअघि प्रधानसेनापति थापाले पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेका थिए ।

सेनाले राष्ट्रिय एकता दिवसकै अवसर पारेर आयोजना गरेको राष्ट्रव्यापी ुराष्ट्रिय कविता प्रतियोगिता २०७७ु का उत्कृष्ट ३० कविहरुलाई कविहरुलाई प्रमाण पत्र तथा पुरस्कार वितरण पनि गरिएको छ ।

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १२ : ३३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा