६ बैशाख २०८१, बिहिबार | April 18, 2024

लोभी लालचीहरूलाई सत्ता सुम्पनु भन्दा चुनावमा जान उपयुक्त ठानियो : शंकर पोखरेल



नेपालगन्ज । नेकपाको ओली पक्षका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पर्खाल भत्काएर प्रधानमन्त्री फाल्ने षडयन्त्र विरूद्ध चुनावको घोषणा भएको बताएका छन् ।

बाँकेको खजुरामा सोमबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले दुई तिहाई बहुमतको समर्थन प्राप्त प्रधानमन्त्रीलाई पार्टीकै नेताहरुले षडयन्त्रपूर्वक हटाउन खोजेपछि संसद भंग गरिएको बताएका हुन । पोखरेलले पार्टीलाई संकट परेका बेला भाग्ने र बारम्बार सरकारका लोकप्रिय कार्यक्रम असफल बनाउने सांसद नचाहिएको स्पष्ट पारे ।

‘लोभी लालचीहरूलाई सत्ता सुम्पनु भन्दा जनताको ताजा अभिमत लिनु उपयुक्त ठानियो । त्यसैले प्रतिनिधिसभा विघटन गरियो । यो कदमले पार्टी थप सुदृढ बन्छ’, पोखरेलले भने, ‘अब पार्टीले पुनः बहुमत सांसदसहित चुनाव जितेर प्रधानमन्त्री बनाउँछ ।’

चुनाव घोषणा गरेर केपी ओलीले सरकार र पार्टी कब्जा गर्ने प्रचण्ड नेपालको षड्यन्त्रलाई असफल पारेको उनले दाबी गरे ।

पोखरेलले प्रचण्ड र माधव नेपाललाई जनताले सडकबाट ठेगान लगाउने चेतावनी दिए । महाधिवेशनमा हारेर जालझेलको माध्यमबाट अध्यक्ष बन्न खोज्ने माधव प्रवृति र प्रधानमन्त्री नभए सबैतिर भाँड मच्चाउने प्रचण्ड प्रवृति पराजित हुने ठोकुवा गरे ।

उनले भने, ‘प्रचण्डसँग जसले आँखा जुधायो त्यो पार्टीबाट निस्कनु पर्ने संस्कृति रहेको छ । ३३ वर्ष अध्यक्ष भएकालाई फेरि अध्यक्ष चाहियो । १५ वर्ष अखण्ड शक्तिशाली महासचिव चलाएका माधवलाई अध्यक्ष नभै भएन । त्यसैले पार्टीमा बिग्रह आयो । के त्याग केपी ले मात्र गर्ने हो ?’ अबका दिनमा प्रचण्ड र नेपालको पालो सिद्दिने भएको उनले भविष्यवाणी गरे ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ३ : ५६ बजे

सोडारीले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दाबी

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिम

सुदूरपश्चिममा दीर्घ सोडारीलाई समर्थन गर्न एमाले तयार

धनगढी । सुदूरपश्चिममा नेकपा एमालेले एकीकृत समाजवादीका दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा

समृद्धी सलोन एण्ड एकेडेमीको उपहार योजना : हरेक वर्ष ग्राहकले जित्नेछन् एउटा स्कुटर

बुटवल । बुटवलमा विगत ८ वर्षदेखि हेयर डिजाइन तथा सौन्दर्य

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन

काठमाडौं । दिनको पहिलो प्रहर सुरु भइसकेको थिएन । नेपालगञ्जको

कोशी प्रदेशसभामा पेश भयो संकल्प प्रस्ताव

विराटनगर । कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा