१५ असार २०८३, सोमबार | June 29, 2026

लोभी लालचीहरूलाई सत्ता सुम्पनु भन्दा चुनावमा जान उपयुक्त ठानियो : शंकर पोखरेल



नेपालगन्ज । नेकपाको ओली पक्षका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पर्खाल भत्काएर प्रधानमन्त्री फाल्ने षडयन्त्र विरूद्ध चुनावको घोषणा भएको बताएका छन् ।

बाँकेको खजुरामा सोमबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले दुई तिहाई बहुमतको समर्थन प्राप्त प्रधानमन्त्रीलाई पार्टीकै नेताहरुले षडयन्त्रपूर्वक हटाउन खोजेपछि संसद भंग गरिएको बताएका हुन । पोखरेलले पार्टीलाई संकट परेका बेला भाग्ने र बारम्बार सरकारका लोकप्रिय कार्यक्रम असफल बनाउने सांसद नचाहिएको स्पष्ट पारे ।

‘लोभी लालचीहरूलाई सत्ता सुम्पनु भन्दा जनताको ताजा अभिमत लिनु उपयुक्त ठानियो । त्यसैले प्रतिनिधिसभा विघटन गरियो । यो कदमले पार्टी थप सुदृढ बन्छ’, पोखरेलले भने, ‘अब पार्टीले पुनः बहुमत सांसदसहित चुनाव जितेर प्रधानमन्त्री बनाउँछ ।’

चुनाव घोषणा गरेर केपी ओलीले सरकार र पार्टी कब्जा गर्ने प्रचण्ड नेपालको षड्यन्त्रलाई असफल पारेको उनले दाबी गरे ।

पोखरेलले प्रचण्ड र माधव नेपाललाई जनताले सडकबाट ठेगान लगाउने चेतावनी दिए । महाधिवेशनमा हारेर जालझेलको माध्यमबाट अध्यक्ष बन्न खोज्ने माधव प्रवृति र प्रधानमन्त्री नभए सबैतिर भाँड मच्चाउने प्रचण्ड प्रवृति पराजित हुने ठोकुवा गरे ।

उनले भने, ‘प्रचण्डसँग जसले आँखा जुधायो त्यो पार्टीबाट निस्कनु पर्ने संस्कृति रहेको छ । ३३ वर्ष अध्यक्ष भएकालाई फेरि अध्यक्ष चाहियो । १५ वर्ष अखण्ड शक्तिशाली महासचिव चलाएका माधवलाई अध्यक्ष नभै भएन । त्यसैले पार्टीमा बिग्रह आयो । के त्याग केपी ले मात्र गर्ने हो ?’ अबका दिनमा प्रचण्ड र नेपालको पालो सिद्दिने भएको उनले भविष्यवाणी गरे ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ३ : ५६ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै