३ चैत्र २०८२, मंगलबार | March 18, 2026

रोडाढुगा उद्योग व्यावसायीको सम्मान



बुटवल । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्र तथा प्रदेशमा निर्वाचित पदाधिकारीहरुलाई नेपाल रोडाढुगा उद्योग ब्यवसायी संघ रुपन्देही शाखाले सोमबार भैरहवामा गरेको सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले क्रेशर ब्यवसायीहरुलाई ब्यवस्थापन गर्न आग्रह गरे ।

संघ रुपन्देहीका अध्यक्ष गोपाल प्रसाद ज्ञवाली, संघका सल्लाहकार चन्दमणी खनाल, उपाध्यक्ष टंक अधिकारी, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष सम्झना शर्मा, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष स्वस्तिक श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्ष पदमा कृष्ण प्रसाद शर्मा, उपाध्यक्ष दिपक पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठ, एशोसियट सदस्य राजेशकुमार अग्रवाललाई खादा तथा माला लगाएर सम्मान गरेको हो ।

नवनिर्वाचित अध्यक्ष शर्माले आफुहरुमाथि ठुलो जिम्मेवारी आईपरेको बताए । कोभिड १९ का कारण सबैजसो क्षेत्र धराशायी बनेको भन्दै राजनितिक कार्यक्रममा मानिसको भिड गराउन मिल्ने भएपछि भन्सार खोल्न अहिलेको आवश्यकता भएको बताए ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष ज्ञवालीले पछिल्लोसमय खानी तथा क्रेशर उद्योगीको समस्या निक्कै गम्भिर रुपमा देखिएको बताए । नीजि क्षेत्रका ठूलो लगानी डुबेको अवस्थामा पनि सरकार गम्भीर नभएको उनले आरोप लगाए ।

संघका सल्लाहकार हरिराम कशौधनले नया निर्वाचित पदाधिकारीहरुलाई चुनौति र अवसर दुबै भएको बताए । यस क्षेत्रमा उद्योग ब्यवसायमा खारिएका अनुभवी उद्योगी, ब्यवसायीहरु चुनावमा निर्वाचित भएकाले पनि उद्योगीहरुको समस्या समाधानमा पहल गर्नेमा आफुहरु आशाबादी रहेको बताए ।

एशोसियट सदस्य राजेशकुमार अग्रवालले उद्योगी ब्यवसायीहरुलाई हेर्ने दृष्टिकोण बदल्न जरुरी रहेको बताए । सरकारबाट तय गरिएको मापदण्ड अनुसार क्रेशर ब्यवसाय ब्यवस्थापनमा कठिनाई रहेको भन्दै उनले संस्थागत रुपमा बिचको बाटो खोज्न पहल गर्ने बताए ।

जिल्लामा ४१ वटा क्रेसर ब्यवसायी छन भने विगत ५ वर्षदेखि सरकारले नविकरण रोकेको छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ५ : २७ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड