३ चैत्र २०८२, मंगलबार | March 18, 2026

माघ २ र ३ गते बुटवलमा ओपन क्यास प्राईज र स्कुल लेभल टेबल टेनिस प्रतियोगिता हुदै



बुटवल । बुटवलमा आगामी माघ २ र ३ गते बुटवल ओपन क्यास प्राईज एण्ड स्कुल लेभल टेवल टेनिस प्रतियोगिता हुने भएको छ ।

बुटवल टेवल टेनिस एकेडेमी बुटवल ११ देविनगरको आयोजनामा हुन लागेको प्रतियोगिता तयारी तिब्र पारेको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

स्कुल देखि नै खेलाडि उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा अन्डर १४ व्याईज सिंगल, अन्डर १८ व्वाईज सिंगल, मेन्स ओपन र ओमेन्स ओपनका खेलहरु सम्पन्न हुनेछन् । देविनगर स्थित एकेडेमीकै कभर्ड हलमा हुने प्रतियोगितामा १ सय ५० टिमको सहभागिता हुने कार्यक्रम संयोजक प्रज्वल श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा ओपन तर्फ प्रथम हुनेले नगद १० हजार, द्धितियले ५ हजार तथा तृतियले २५ सय प्राप्त गर्नेछन् । त्इसैगरी ओमेन्स ओपन तर्फ प्रथमले ५ हजार, द्धितियले २५ सय र तृतियले १५ सय प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

यसैगरी अन्डर व्याईज सिंगल प्रतियोगितामा प्रथम हुनेले नगद ३ हजार प्राप्त गर्नेछन् । त्यस्तै द्धितिय र तृतियले क्रमश नगद २ हजार र १ हजार प्राप्त गर्नेछन् । त्यस्तै अन्डर १८ व्वाईज सिंगमा प्रथम हुनेले ४ हजार, द्धितिय हुनेले २ हजार र तृतिय हुनेले १ हजार प्राप्त गर्नेछन् ।       प्रतियोगितालाई ले लिङ र डिएचएसले प्रायोजन गर्ने भएको छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ७ : ४७ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड