२० मंसिर २०८२, शनिबार | December 6, 2025

माघ २ र ३ गते बुटवलमा ओपन क्यास प्राईज र स्कुल लेभल टेबल टेनिस प्रतियोगिता हुदै



बुटवल । बुटवलमा आगामी माघ २ र ३ गते बुटवल ओपन क्यास प्राईज एण्ड स्कुल लेभल टेवल टेनिस प्रतियोगिता हुने भएको छ ।

बुटवल टेवल टेनिस एकेडेमी बुटवल ११ देविनगरको आयोजनामा हुन लागेको प्रतियोगिता तयारी तिब्र पारेको आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

स्कुल देखि नै खेलाडि उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा अन्डर १४ व्याईज सिंगल, अन्डर १८ व्वाईज सिंगल, मेन्स ओपन र ओमेन्स ओपनका खेलहरु सम्पन्न हुनेछन् । देविनगर स्थित एकेडेमीकै कभर्ड हलमा हुने प्रतियोगितामा १ सय ५० टिमको सहभागिता हुने कार्यक्रम संयोजक प्रज्वल श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा ओपन तर्फ प्रथम हुनेले नगद १० हजार, द्धितियले ५ हजार तथा तृतियले २५ सय प्राप्त गर्नेछन् । त्इसैगरी ओमेन्स ओपन तर्फ प्रथमले ५ हजार, द्धितियले २५ सय र तृतियले १५ सय प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

यसैगरी अन्डर व्याईज सिंगल प्रतियोगितामा प्रथम हुनेले नगद ३ हजार प्राप्त गर्नेछन् । त्यस्तै द्धितिय र तृतियले क्रमश नगद २ हजार र १ हजार प्राप्त गर्नेछन् । त्यस्तै अन्डर १८ व्वाईज सिंगमा प्रथम हुनेले ४ हजार, द्धितिय हुनेले २ हजार र तृतिय हुनेले १ हजार प्राप्त गर्नेछन् ।       प्रतियोगितालाई ले लिङ र डिएचएसले प्रायोजन गर्ने भएको छ ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ७ : ४७ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय