३ चैत्र २०८२, मंगलबार | March 18, 2026

मौसम सफा भएसँगै गर्मी महसुस



काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशभरको मौसस सफा भएसँगै गर्मी महसुस गरिएको छ ।

मौसम सफा भई राम्रोसँग घाम लागेकाले दिउँसोको अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

“अब गर्मी नै शुरु भई सकेको भने होइन केही दिन मौसम सफा भएकाले दिउँसोकोे अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको हो । कुनै मौसमी प्रणाली विकसित भए फेरी चिसो बढ्छ”, मौसमविद् मानन्धरले बताइन् ।

मौसमविद्का अनुसार डम्म बादल लाग्यो भने बादलले ब्ल्याङ्केटको काम गर्छ र अधिकतम तापक्रम घट्छ । पानी पर्यो भने पनि जाडो बढ्छ तर अहिले तत्कालै ठूलो पानी पर्ने सम्भावना भने नरहेको बताइएको छ । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गत साता काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण ह्वात्तै बढेको थियो । त्यतिबेला अधिकतम तापक्रम घटे पनि न्यूनतम तापक्रम बढेको थियो । त्यसैले सर्वसाधारणले प्रदूषण बढेको समयममा पनि चिसो महसुस गर्न पाएनन् । गत वर्षमा डिसेम्बर वा जनवरीभित्रै हिउँदे वर्षा भएको थियो । यस वर्ष अहिलेसम्म हिउँदे वर्षा हुन सकेको छैन । (मङ्सिर, पुस र माघ) महिनामा ३.५ प्रतिशत वर्षा हुने गर्दछ ।

यस वर्ष माघ महिना शुरु हुन लाग्दा पनि हिउँदे वर्षा भएको छैन् । आइतबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २३ दशमलव ७ डिग्री सेल्सियस मापन भएको थियो । आज पनि काठमाडौँको अधिकतम तापक्रम २३ दशमलव ७ डिग्री सेल्सियस नै रहेको छ ।

त्यसैले गर्मी अनुभव भएको हो । भोलिदेखि कुनै मौसमी प्रणाली विकसित हुने सम्भावना रहेकाले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले दिउँसोको अधिकतम तापक्रममा कमी भई चिसो बढ्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन् ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ९ डिग्री र अधिकतम तापक्रम २३ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । रासस

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ८ : ३५ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड