३ चैत्र २०८२, मंगलबार | March 18, 2026

थारु समुदायको बडघर प्रथालाई स्थानीयतहले दियो कानुनी मान्यता



बर्दिया । बर्दियाको एक स्थानीयतहले थारु समुदायमा रहेको बडघर प्रथालाई कानुनी मान्यता दिएको छ । थारु समुदायमा रहेको परम्परागत संस्था बडघर प्रथालाई व्यवस्थीत गर्नका लागि बारबर्दिया नगरपालिकाले ऐन बनाएको छ ।

‘बारबर्दिया नगरपालिकाको क्षेत्र भित्र रहेका टोल बडघर संस्थालाई परिचालनगर्न बनेको ऐन २०७७’ बारबर्दिया नगरपालिकाको आठौँ नगरसभाले सर्वसम्मत रुपमापास गरेको छ ।

नगरसभाले थारु समुदायमा रहेको बडघर प्रथालाई संस्थागत गर्नका लागि ऐन पास गरेको हो । बारबर्दिया नगरकार्यपालिकाले निर्माण गरेको ऐन अनुमोदनका लागि नगरसभामा पेश गरीएको थियो । सभाले ऐनमा रहेका केही शब्दावली सुधार गर्नुपर्ने सुझाव दिँदै पास गरेको बारबर्दिया नगरपालिकाका प्रवक्ता दुर्गा बहादुर वि.कले बताए ।

बडघर प्रथालाई कानुनी रुपमा मान्यता दिई संस्थागत गरेको नेपाल कै यो पहिलो हो । यसअघि बड्घर प्रथालाई कुनैपनि स्थानीयतहले कानुनी मान्यता दिएको छैन । स्थानीय तह लगायतका सरकारी कार्यालयमा बडघरलाई साँछिको रुपमा स्विकारे पनि संस्थागत रुपमा स्विकारीएको थिएन ।

नगरपालिकाले ल्याएको ऐनमा बडघरको चयन, उनीहरुको कार्यक्षेत्र, कामकर्तव्य अधिकार, मर्यादा लगायतका कुराहरु समेटिएको छ । बडघरले आफ्नो कार्यक्षेत्रमा नेपाल सरकारको प्रचलित ऐन नियमको विपरित नहुने गरी गर्नुपर्ने उल्लेख गरीएको छ ।

त्यसैगरी ऐनमा नगरपालिकाका जनप्रतिनीधिहरु सँग समन्वय गर्ने , गाउँमा रहेका सानातिना झै झगडा समाधान गर्ने, गाउँ टोलमा आई पर्ने जुनसुकै काममा सक्रिय सहभागीता जनाउने लगायत समुदायमा सामाजिक साँस्कृति आर्थिक सद्भाव कायम राख्ने कार्य वडघरको काम कर्तव्य अधिकार भित्र रहेको उल्लेख गरीएको छ ।

त्यसैगरी बडघर प्रथामा कायम रहने सहायक बडघर र चौकीदार समेतको काम कर्तव्य अधिकारको बारेमा पनि उल्लेख गरीएको छ । सहायक बडघरको कार्य बडघरको अनुपस्थितीमा गाउँको नेतृत्व गर्नु हो भने चौकीदारको कार्य गाउँमा आवश्यक सुचना प्रवाह गर्नुपर्ने उल्लेख गरीएको छ ।

थारुहरुको महानपर्व तथा नयाँबर्षको रुपमा मनाईने माघी पर्व आउन थालेको छ । माघी कै समयमा समुदायमा बडघरको छनौट गर्ने गरीन्छ ।ऐनमा बडघरको चयनथारु परम्परा अनुसार नै गर्नुपर्ने उल्लेख गरेको छ ।

ऐन पारित भएपछि परम्परागत रुपमा चल्दै आएको वडघर प्रथा संस्थागत भएको बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा बहादुर थारुले बताए । उनले भने-बडघर प्रथालाई संस्थागत गर्ने ऐन यो नेपाल कै पहिलो हो । सदियौँ देखि जिम्मेवारी पुरा गर्दै आएको गाउँ टोलको सबैभन्दा लोकतान्त्रिक विधिलाई हामीले संस्थागत गरेका छौँ । ऐनले बडघर प्रथालाई व्यवस्थीत मर्यादित र संस्थागत गर्ने बताउँदै उनीहरुले गर्ने सामाजिक कार्यको अभिलेखीकरण हुने थारुले बताए ।

उपप्रमुख अञ्जु दहितले बडघर प्रथाभित्र रहेका विकृतिहरुलाई नियमन गर्दै उनीहरुले गर्ने सामाजिक कार्यलाई अभिलेखीकरण गर्न ऐनले सघाउ पुर्याउने बताईन् । उनले बडघर प्रथाले थारु समुदायको सामाजिक साँस्कृतिक र आर्थिक विकासको लागि महत्वपुर्ण योगदान गरेको कारणले त्यसलाई निरन्तरता दिन संस्थागत गर्नु परेको बताईन् ।

बारबर्दिया नगरपालिका-११ जब्दीगाउँका बडघर रामबहादुर थारुले नगरपालिकाले बडघर प्रथालाई मान्यता दिएकोमा खुसी व्यक्त गरे । उनले थारु समुदायमा बडघरको भुमिका ठुलो भएको बताउँदै सरकारी कार्यालयहरुमा मान्यता नदिँदा समस्या रहेको बताए ।

पछिल्लो समयमा जनप्रतिनीधि आएपछि बडघरको महत्व घट्दै गएको थियो । संस्थागत मान्यता दिएर नगरपालिकाले परम्परागत बडघर प्रथाको समुदायको शिर्ष स्थानमा राखेको छ । अझै पनि थारु समुदायमा बडघरको नेतृत्व बिना कुनैपनि सामाजिक कार्य गरिदैन ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ९ : ०३ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड