६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

पौवाले ल्यायो चाड अनुसार स्वाद कार्यक्रम, माघे संक्रान्तिमा होटल पौवामा माघीकै परिकार



बुटवल । माघे संक्रान्तिलाई लक्षीत गर्दै होटल पौवाले आफ्ना सबै शाखाहरुबाट माघीको परिकार खुवाउने भएको छ । आगामी माघ १ गते (माघे संक्रान्ति) संक्रान्तिका दिन पौवाका हरेक शाखाहरुमा माघीका दिन परम्परा देखि खाईंदै आएको परिकारहरु ग्राहकहरुका लागि निशुल्क खुवाउन थालिएकोको होटल पौवाले जनाएको छ ।

पौवा ग्रुपका अनुसार जुन जुन स्थानमा पौवाका शाखाहरु छन् सोहि शाखा रहेको स्थानमा स्थानीयले परम्परा देखि खाँदै आएको परिकार ग्राहकहरुलाई खुवाउन लागिएको हो । थारु समुदायमा माघीको प्रमुख परिकार ढिक्री, माछाको अचार, खिचडी, तरुल, सखरखण्ड सबै शाखाहरुमा उपलब्ध हुुनेछन् भने पाल्पा र योगीकुटी तिलोत्तमामा मगर समुदायको माघी स्पेशल सेलरोटी र लोकल अचार पनि ग्राहकका लागि उपलब्ध हुनेछन् ।

परम्परालाई निरन्तरता दिन र नेपाली संस्कृतिको जगेर्ना गर्न चाड अनुसारको स्वाद कार्यक्रम अगाडी ल्याईएको होटल पौवाका प्रमुख संचालन अधिकृत कृष्ण गौतमले बताए ।

होटल पौवाले कर्णाली प्रदेशको जुम्ला सहित लुम्बिनी प्रदेशको दाङ, कपिलवस्तु, रुपन्देही, पाल्पा र गुल्मीमा गरि ८ वटा शाखा संचालन गर्दै आएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी भालुबाङमा फागुन महिना सम्ममा सुबिधा सम्पन्न होटल संचालनमा ल्याउने तयारीमा रहेको होटल पौवाका प्रबन्धनिर्देशक विष्णु ज्ञवालीले बताए ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  १० : ३९ बजे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३