५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण



काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५ लडाकु विमानमाथि आक्रमण गरी क्षति पुर्‍याएको दाबी गरेको छ ।

आईआरजीसीले आक्रमणसँग सम्बन्धित भिडियो सार्वजनिक गरेको जनाएको छ, जसमा जेटलाई लक्षित गरिएको देखिएको उल्लेख गरिएको छ । यद्यपि उक्त भिडियोको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

यसैबीच, अमेरिकी केन्द्रीय कमान्डले भने इरानमाथि सञ्चालन गरिएको एक अभियानका क्रममा एफ-३५ जेटले आपतकालीन अवतरण गर्नुपरेको स्वीकार गरेको छ । उक्त विमान मध्यपूर्वको एक देशमा सुरक्षित अवतरण गरेको जनाइएको छ ।

सिएनएनका अनुसार कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले विमानले आपतकालीन अवतरण गरेको र पाइलट सुरक्षित रहेको जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यद्यपि अमेरिकी पक्षले इरानी आक्रमणकै कारण उक्त अवस्था सिर्जना भएको भन्ने दाबीलाई प्रत्यक्ष रूपमा पुष्टि गरेको छैन ।

रिपोर्टअनुसार, जारी तनावबीच इरानले अमेरिकी सैन्य विमानलाई लक्षित गरेको यो पहिलो घटना हुन सक्ने बताइएको छ । एफ-३५ लाई विश्वकै अत्याधुनिक लडाकु विमानमध्ये एक मानिन्छ, जसको मूल्य १०० मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ८ : ३८ बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११