१६ असार २०८३, मंगलबार | June 30, 2026

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण



काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५ लडाकु विमानमाथि आक्रमण गरी क्षति पुर्‍याएको दाबी गरेको छ ।

आईआरजीसीले आक्रमणसँग सम्बन्धित भिडियो सार्वजनिक गरेको जनाएको छ, जसमा जेटलाई लक्षित गरिएको देखिएको उल्लेख गरिएको छ । यद्यपि उक्त भिडियोको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

यसैबीच, अमेरिकी केन्द्रीय कमान्डले भने इरानमाथि सञ्चालन गरिएको एक अभियानका क्रममा एफ-३५ जेटले आपतकालीन अवतरण गर्नुपरेको स्वीकार गरेको छ । उक्त विमान मध्यपूर्वको एक देशमा सुरक्षित अवतरण गरेको जनाइएको छ ।

सिएनएनका अनुसार कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले विमानले आपतकालीन अवतरण गरेको र पाइलट सुरक्षित रहेको जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यद्यपि अमेरिकी पक्षले इरानी आक्रमणकै कारण उक्त अवस्था सिर्जना भएको भन्ने दाबीलाई प्रत्यक्ष रूपमा पुष्टि गरेको छैन ।

रिपोर्टअनुसार, जारी तनावबीच इरानले अमेरिकी सैन्य विमानलाई लक्षित गरेको यो पहिलो घटना हुन सक्ने बताइएको छ । एफ-३५ लाई विश्वकै अत्याधुनिक लडाकु विमानमध्ये एक मानिन्छ, जसको मूल्य १०० मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ८ : ३८ बजे

पहिरोले कान्ति लोकपथ अवरुद्ध

मकवानपुर । हेटौँडा-काठमाडौं सडकको कान्तिलोकपथअन्तर्गत भिमफेदी गाउँपालिका-८ स्थित भरेङडाँडामा बिहानैदेखि

मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस