२९ मंसिर २०८२, सोमबार | December 16, 2025

पार्टी फुटसंगै राजधानी बाहिर प्रचण्ड-नेपालको पहिलो सम्बोधन पोखरामा आज हुदैं



काठमाडौं । पार्टी फुटपछि पहिलो पटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सम्बोधन राजधानी बाहिर जाने भएका छन ।

पार्टी दुवैजना अध्यक्षद्वय गण्डकी स्तरीय प्रशिक्षणका लागि आज बिहान पोखरा जाने भएका हुन । दुबै नेताहरुले गण्डकी प्रदेशस्तरीय नेता तथा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

पोखरा ११ शितलादेबीमा रहेको एसआर केसी बैंक्युटमा ११ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका कास्की अध्यक्ष राजकाजी गुरुङले जानकारी दिए ।

बिहान ८ बजे बुद्ध एयरको विमान मार्फत पोखरा जान लागेका अध्यक्षद्वयका साथमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ रहने बताइएको छ । दुबै नेता मंगलबार साँझ नै राजधानी काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ६ : ४९ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको