१ पुस २०८२, मंगलबार | December 16, 2025

अस्थायी मोटरेबल पुल निर्माण



लमजुङ । यहाँका स्थानीयले जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका वडा नं ४ स्यागे र वडा नं ५ घेर्मुलाई जोड्ने अस्थायी मोटरेबल काठको पुल निर्माण गरेका छन् ।

स्यागेका समाजसेवी नरबहादुर गुरुङको विशेष सक्रियतामा पुल निर्माण भएको हो । नवनिर्मित पुलको समाजसेवी स्थानीय स्व.मुक्तबहादुर गुरुङका श्रीमतीद्वय कुमालेस्यो र दिलमाया गुरुङले आइतबार संयूक्त रुपमा पुलको उद्घाटन गर्दै गाउँगाउँमा उत्पादित तरकारी बजारसम्म लैजानका लागि सहज हुनुका साथै गाउँगाउँमा समेत आम्दानी भित्र्याउन सकिने बताए ।

गाउँमा बिरामी परेको बेलामा एम्बुलेन्ससमेत सहज रुपमा आउन सक्ने भएकाले स्थानीयहरुलाई धेरै फाइदा पुग्ने उनीहरुको भनाइ छ । त्यस्तै समाजसेवी नरबहादुर गुरुङले भने, “हामीलाई वारपार गर्न कठिन भएकाले स्थानीय सबै मिलेर पुल निर्माण गर्न सक्यौँ ।

यो स्थायी नभएकाले वर्षातमा बाढीले लैजाने खतरा भने रहेकोछ ।” केही समयका लागि भएपनि यस पुलले ती दुई वडाका स्थानीय सजिलैसँग वारपार गर्नुका साथै सवारी साधनमा यात्रा गर्न सहज भएको उनको भनाइ छ ।

पुल बनाउन कूल रु ४ लाख ६६ हजार १६ मा सङ्कलन भएको स्थानीयको भनाइ छ । पुल निर्माण उपभोक्ता समितिका सचिव घनश्याम घलेले सङ्कलित सो रकम मध्ये रु २ लाख ७८ हजार १५ पुल निर्माणमा खर्च भएको बताए । घेर्मु गाउँमा पहिलो पटक मोटर पुग्दा स्थानीय निकै हर्षित भएका छन् । रासस

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ७ : ४७ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको