८ बैशाख २०८१, शनिबार | April 20, 2024

नेकपाको प्रचण्ड-नेपाल पक्षद्वारा प्रदेश १ का मुख्यमन्त्रीसहित आठ जनालाई सांसद पदबाट निलम्बन



विराटनगर । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको छ ।

प्रचण्ड-नेपाल पक्षको प्रदेश १ संसदीय दलले मुख्यमन्त्री राईसहित आठ जनालाई सांसद पदबाट निलम्बन गरेर कार्यान्वयनका लागि प्रदेशसभामा सिफारिस गरेको छ । ती सांसदहरुलाई बिधान बमोजिम अनुशासनको कारवाही भन्दै ३ महिनाका लागि निलम्बन गरिएको बताईएको छ ।

प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, भूमि कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा, विमल कार्कीलाई सांसद पदबाट निलम्बन गरेको हो ।

बुधबार प्रचण्ड–नेपाल पक्षका संसदीय दलका नेता भीमप्रसाद आचार्यले मुख्यमन्त्री शेरधन राईसहित आठ जनालाई संसदीय दलको बैठकमा उपस्थित नभएको र पार्टीको हितविपरीत काम गरेको भन्दै २४ घण्टे स्पष्टीकण सोधेक थिए । स्पष्टीकरण सोधेको चार दिनपछि उनीहरुलाई निलम्बन गरिएको हो ।

१२ पुसमा प्रचण्ड–नेपाल पक्षका ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । पुस १५ गते मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाएर भीमप्रसाद आचार्यलाई दलको नेतामा चयन गरिएको थियो । पुस १९ गते बसेको संसदीय दलको बैठकले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई पनि प्रमुख सचेतक पदबाट हटाएको थियो ।

प्रदेश १ को हिउँदे अधिवेशन ७ माघबाट बस्ने भएको छ । दुवै पक्षले निलम्बन र कारवाहीको सूचना दर्ता गराएपछि प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कानुनी परामर्श सुरु गरेका छन् ।

 

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  १० : २१ बजे

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या