३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

नेकपाको प्रचण्ड-नेपाल पक्षद्वारा प्रदेश १ का मुख्यमन्त्रीसहित आठ जनालाई सांसद पदबाट निलम्बन



विराटनगर । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको छ ।

प्रचण्ड-नेपाल पक्षको प्रदेश १ संसदीय दलले मुख्यमन्त्री राईसहित आठ जनालाई सांसद पदबाट निलम्बन गरेर कार्यान्वयनका लागि प्रदेशसभामा सिफारिस गरेको छ । ती सांसदहरुलाई बिधान बमोजिम अनुशासनको कारवाही भन्दै ३ महिनाका लागि निलम्बन गरिएको बताईएको छ ।

प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, भूमि कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा, विमल कार्कीलाई सांसद पदबाट निलम्बन गरेको हो ।

बुधबार प्रचण्ड–नेपाल पक्षका संसदीय दलका नेता भीमप्रसाद आचार्यले मुख्यमन्त्री शेरधन राईसहित आठ जनालाई संसदीय दलको बैठकमा उपस्थित नभएको र पार्टीको हितविपरीत काम गरेको भन्दै २४ घण्टे स्पष्टीकण सोधेक थिए । स्पष्टीकरण सोधेको चार दिनपछि उनीहरुलाई निलम्बन गरिएको हो ।

१२ पुसमा प्रचण्ड–नेपाल पक्षका ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । पुस १५ गते मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाएर भीमप्रसाद आचार्यलाई दलको नेतामा चयन गरिएको थियो । पुस १९ गते बसेको संसदीय दलको बैठकले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई पनि प्रमुख सचेतक पदबाट हटाएको थियो ।

प्रदेश १ को हिउँदे अधिवेशन ७ माघबाट बस्ने भएको छ । दुवै पक्षले निलम्बन र कारवाहीको सूचना दर्ता गराएपछि प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कानुनी परामर्श सुरु गरेका छन् ।

 

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  १० : २१ बजे

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने

त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा