१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै



काठमाडौं । वैदेशिक रोजगारीका क्षेत्रमा कोभिड–१९ को सङ्क्रमणपछि ठगीका घटना बढ्न थालेका छन् ।

गत वर्ष वैदेशिक रोजगार विभागमा दैनिक २५ वटासम्म ठगीका घटना दर्ता हुने गरेकामा हाल ४० वटासम्म घटना दर्ता हुन थालेको विभागका सूचना अधिकारी टीकामणि न्यौपानेले जानकारी दिए ।

युरोप, अमेरिकाजस्ता महादेशका विकसित मुलुकमा पठाउने भन्दै काठमाडौँ उपत्यकाका युवासमेत विभागमा उजुरी दिन आउने गरेको न्यौपानले बताए । “वैदेशिक रोजगार विभागमा नै दर्ता भएको एक मेनपावर कम्पनीले एक युवालाई अमेरिका पठाउने भन्दै १५ लाख ७५ हजार रुपैयाँ ठगी गरेको उजुरी सोमबार मात्रै विभागमा परेको छ”, न्यौपानेले भने “विशेषगरी विकसित मुलुकमा भन्दै २० वर्षमुनिका युवायुवती ठगिएको पाइएको छ ।”त्यस्ता प्रकृतिका युवा अरूको लहलहैमा लागेर ठगिने गरेको उनले बताए ।

न्यौपानेका अनुसार खाडी मुलुकमा पठाउने नाममा ठगीका बढी घटना दर्ता हुने गरेका छन् । विभागमा स्वदेशभित्र भएका उजुरी मात्र नभई वैदेशिक रोजगारीमा गइसकेका श्रमिकले समेत सम्बन्धित दूतावासमार्फत उजुरी गर्न पाउने प्रावधान छ । भने अनुसारको सेवासुविधा र काम नपाएको खण्डमा विदेशमा रहेका श्रमिकले उजुरी गर्न पाउने प्रावधान रहेको छ ।

कोभिड–१९ को सङ्क्रमणपछि लकडाउनका कारण केही समय उजुरी दर्ता र फछ्र्यौटको काम बन्द भए पनि सो समयपछि भने ठगीका उजुरीहरु बढ्ने गरेको विभागले जनाएको छ । उजुरीका आधारमा दण्डजरिवाना गराउन सक्ने र मुद्दा चलाउन सक्ने सम्पूर्ण अधिकार विभागको छ ।

विभागको कार्यविधिअनुरुप मेनपावर कम्पनीले रु दुई करोड धरौटी अनिवार्य राख्नुपर्छ । उजुरीका आधारमा मेनपावर कम्पनीमार्फत तथ्याङ्क लिइसकेपछि सो धरौटी रकममार्फत विभागले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ ।

वैदेशिक रोजगारीका क्रममा भनेअनुसारको तलब, काम र सेवासुविधा नपाएको खण्डमा पनि पीडितले स्वदेश फर्किइसकेपछि विभागमा उजुरी गर्न पाउँछन् । यदि छ महिनामा नै पीडित फर्किएको खण्डमा एक वर्षभित्र र सेवाअवधि पूरा गरेर फर्किएको एक वर्षभित्र मेनपावर कम्पनी विरुद्ध पीडितले उजुरी गर्न पाउने प्रावधान छ ।

विभागबाट इजाजत प्राप्त मेनपावरका कतिपय उजुरी फोनमार्फत सुनुवाइ गर्ने गरेको सूचना अधिकारी न्यौपानेको भनाइ छ । विभागले पटकपटक ताकेता गर्दा मेनपावरबाट कुनै प्रतिक्रिया नआएको खण्डमा विभागले पक्राउ पुर्जी जारी गरी सम्बन्धित मेनपावर कम्पनीका व्यक्तिलाई जेल चलान गर्दै आएको छ ।

इजाजत प्राप्त मेनपावर कम्पनीले गर्ने गरेको ठगी र व्यक्तिगत ठगी घटनाका उजुरीहरु दर्ता हुने गरको विभागले जनाएको छ ।

सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयले वैदेशिक रोजगारी ठगीका उजुरीको सुनुवाइ गर्दै आइरहेका छन् । जिल्लाबाट सुनुवाइ गर्न नसकिएका उजुरीहरु भने विभागमा जाने गर्छन् ।

त्यसैगरी विभागको कारबाही चित्त नबुझेको खण्डमा पीडितले सो उजुरी पुनरावेदनमार्फत उच्च अदालतमा दर्ता गराउन पनि पाउँछन् ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ३ : ०९ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना