१५ माघ २०८२, बिहिबार | January 29, 2026

बैशाखमा चुनावै हुँदैन, नहुने चुनावका लागि किन टाउको दुखाउने ?



वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र गणतन्त्र रक्षाका लागि सबै लोकतान्त्रिक शक्ति गोलबद्ध हुनुपर्ने आजको आवश्यकता रहेको बताएका छन् ।

सङ्घीय प्रेस फोरम पर्साले मंगलबार वीरगञ्जमा अयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले सरकारको असंवैधानिक कदमका कारण सङ्घीयता र गणतन्त्र जस्ता प्राप्त उपलब्धि गुमिने खतरा उत्पन्न भएको जिकिर गरे । यादवले वर्तमान राजनीतिक जटिलताबाट मुलुकलाई बाहिर निकालन सबै लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक रहेको बताए ।

अध्यक्ष यादवले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा परेको रिटको फैसला लोकतन्त्रवादीको पक्षमा आउने र प्रतिनिधिसभा पुनस्र्थापित हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै वैशाख महिनामा कुनै पनि हालतमा निर्वाचन नहुने ठोकुवा गरे । उनले प्रतिनिधिसभा विघटनको विषय विशुद्ध राजनीतिक भएकाले यसको निकास पनि राजनीति तवरले खोज्न जरुरी रहेको बताए ।

अर्को एक प्रसंगतमा अध्यक्ष यादवले नेपाल भारतबीच रहेका सबै विवाद र समस्याको निकास वार्ता र संवादबाटै खोजिनुपर्ने बताए ।

त्यसक्रममा जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्य एंव नेता लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापित गर्नेमा कुनै शङ्का नरहेको जिनाए । कर्णले नेपालमा देखापरेका ऐतिहासिक मुद्दाहरुमा सर्वोच्चले सधैँ लोकतन्त्र र जनताको पक्षमा फैसला गरेकाले प्रतिनिधिसभा पुनस्र्थापित हुनेमा कुनै शङ्का नरहेको प्रस्ट पारे ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ३ : ४९ बजे

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।