९ कार्तिक २०८३, सोमबार | October 26, 2026

प्रधानमन्त्रीको अभिव्यक्ति अपरिपक्व : उपेन्द्र यादव



नेपालगन्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले बोल्दा सत्य, तथ्य र ऐतिहासिक प्रमाणका आधारमा बोल्नु पर्ने बताएका छन् । अवधि पत्रकार संघले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्तिलाई अपरिपक्व अभिव्यक्तिको संज्ञा दिए ।

पूर्व उपप्रधानमन्त्री एवम परराष्ट्रमन्त्री समेत भइसकेका अध्यक्ष यादवले अहिलेसम्म भारतलेसमेत नभनेको कुरा भनेर प्रधानमन्त्रीले अपरिपक्वता देखाएको बताउँदै प्रधानमन्त्रीको भनाईले मुलुकलाई अप्ठ्यारोमा पार्न सक्ने जिकिर गरे ।

अध्यक्ष यादवले सरकारले सय रुपैया भन्दा बढीको सामानमा भन्सार लगाउने, विकल्प बिना सुकुम्बासी उठाउने, ५० युनिट बढीको विजुलीमा अतिरिक्त कर लगाउने निर्णय अलोकतान्त्रिक भएको बताए ।

उनले लुम्बिनी प्रदेशमा हालै जसपाको नाममा भण्डारीलाल अहिरलाई मन्त्री बनाएको यादवले गम्भीर आपत्ति जनाएका छन् । सर्वोच्च अदालतले अशोक राईको पार्टीलाई बैधानिकता नदिएपछि विगतमा पार्टी त्यागेका भनिएका सांसदहरु स्वतः जसपा नेपालको सांसद भएको उल्लेख गर्दै यादवले लुम्बिनी प्रदेशमा जसपाको नाममा मन्त्री बनाउदा पार्टीलाई नसोधिएको बताए । ‘जसपा नेपालका कुन सांसदलाई मन्त्री बनाउने हो त्यो पार्टीले निर्णय गर्छ,’ उनले भने, ‘कुनै व्यक्तिलाई टिप्नु बहुदलीय व्यवस्था, लोकतान्त्रिक संस्कार विपरित छ । सर्वोच्चको पूर्ण पाठ आएपछि हामी कानुनी उपचार खोज्छौ ।’

उनले शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकतामा जनताको पहुँच अझैसम्म सहजरुपले पुग्न नसकेको भन्दै त्यसतर्फ ध्यान दिन सरकारसँग अनुरोध गरे ।

अध्यक्ष यादवले गरिबी र बेरोजगारी चरम सीमामा पुगेको अवस्थामा ‘जेनजी’ले उठाएका परिवर्तनका मुद्दामा पुराना राजनीतिक दलको ध्यान जानुपर्ने बताए ।

अवधि पत्रकार संघका अध्यक्ष राकेश मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी सचिव कमरुदिन राई, प्रदेश सांसद अम्बिका काफ्लेलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  १ : ५७ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको