६ आश्विन २०८३, मंगलबार | September 22, 2026

कक्षा ११ र १२मा नयाँ पाठ्यक्रम लागु गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश



काठमाडौं । कक्षा ११ र १२ मा नयाँ नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ ।

नयाँ पाठ्यक्रम लागु नगर्न माग गर्दै दायर भएको रिट निवेदनलाई सर्वोच्च अदालतले मंगलबार खारेज गरेको छ ।

सर्वोच्चमा मुद्दा विचाराधीन हुँदा हाल कक्षा ११ मा कुन पाठ्यक्रम पठाउने भन्ने अन्यौल कायम रहेको थियो । यससँगै यसै वर्षदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने भएको छ। सर्वोच्चले नयाँ पाठ्यक्रम लागु गर्न निर्देशनात्मक आदेशसमेत जारी गरेको छ।

पाठ्यक्रम विकास केन्द्रले २०७६ सालमा जारी गरेको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्क्रम विरुद्ध भागवत अर्यालसमेतले २०७७ असोज २८ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । त्यतिबेला अन्तरिम आदेश जारी गरेको अदालतले आज सबै रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो ।

पाठ्यक्रम विकास केन्द्रको सो पाठ्यक्रम पाँच वर्षभित्र देशभरका विद्यालयमा लागु हुने भनिएको थियो ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ४ : ४२ बजे

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र

कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैन : उपसभापति भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौँ । जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला

बुधवारबाटै नेपालमा वर्षाको क्रम बढ्दैजाने

काठमाडौं । भोलि (बुधबार,७-असोज) बाटै नेपालमा वर्षा हुने क्रम बढ्दै