१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कक्षा ११ र १२मा नयाँ पाठ्यक्रम लागु गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश



काठमाडौं । कक्षा ११ र १२ मा नयाँ नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ ।

नयाँ पाठ्यक्रम लागु नगर्न माग गर्दै दायर भएको रिट निवेदनलाई सर्वोच्च अदालतले मंगलबार खारेज गरेको छ ।

सर्वोच्चमा मुद्दा विचाराधीन हुँदा हाल कक्षा ११ मा कुन पाठ्यक्रम पठाउने भन्ने अन्यौल कायम रहेको थियो । यससँगै यसै वर्षदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने भएको छ। सर्वोच्चले नयाँ पाठ्यक्रम लागु गर्न निर्देशनात्मक आदेशसमेत जारी गरेको छ।

पाठ्यक्रम विकास केन्द्रले २०७६ सालमा जारी गरेको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्क्रम विरुद्ध भागवत अर्यालसमेतले २०७७ असोज २८ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । त्यतिबेला अन्तरिम आदेश जारी गरेको अदालतले आज सबै रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो ।

पाठ्यक्रम विकास केन्द्रको सो पाठ्यक्रम पाँच वर्षभित्र देशभरका विद्यालयमा लागु हुने भनिएको थियो ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ४ : ४२ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना