२० बैशाख २०८३, आइतबार | May 4, 2026

पर्यटकलाई अकर्षित गर्न शैलुङडाँडामा २५० केजीको घण्टी राखियो



चरिकोट । पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको शैलुङडाँडामा पर्यटकलाई अकर्षित गर्न २५० केजीको घण्टी राखिएको छ । दोलखा र रामेछापको सिमाना शैलुङ गाउँपालिकाको वडा नं ८ मा पर्ने शैलुङमा गाउँपालिकाको रु पाँच लाख ५० हजारमा घण्टी राखिएको गाउँपालिकाले जनाएको छ ।

प्राकृतिकरूपमा सुन्दर रहेको १०० साना–साना पहाडको थुम्का मिलेर बनेको शैलुङडाँडाको प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउन गाउँपालिकाले निर्माण गरिरहेको विभिन्न पूर्वधारअन्तर्गत जिल्लाकै सबैभन्दा ठूलो घण्टी राखिएको गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताए । आवश्यक पुर्वाधार नहुँदा र प्रचारप्रसारको अभाव रहेपनि हाल शैलुङ जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ ।

गाउँपालिकाले शैलुङको विकासका लागि गुरुयोजना निर्माण गरी धमाधम पूर्वाधार निर्माण गरिरहेको छ । गाउँपालिकाले हाल कालापानीसम्म सडक निर्माण गरिसकेको छ भने कालापानीबाट शैलुङडाँडासम्म पुग्न प्रदेश सरकारको सहयोगमा पदमार्ग निर्माण गरेको छ ।

शैलुङको पर्यटन प्रवद्र्धनले सिङ्गो गाउँपालिकाकै आर्थिक तथा समग्र क्षेत्रमा विकास गराउन सकिने हुँदा विशेष प्राथमिकतामा राखी प्रचार र पूर्वाधार निर्माण गरिरहेको अध्यक्ष दुलालले बताउनुभयो ।

समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा रहेको शैलुङडाँडा हिउँले सेताम्य बनेपछि पर्याटकको चहलपहल बढ्ने गरेको वडाध्यक्ष रामेश्वर उप्रेतीले बताए । राजधानी काठमाडाँैबाट मुडे र चरिकोट हुँदै सहजै शैलुङ पुग्न सकिन्छ ।

राजधानी काठमाडौबाट १२५ किलोमिटरको दूरीमा मुडे बजार हुँदै शैलुङको बेसक्याम्प भनिने कालापानीसम्म यातायातमार्फत पुग्न सकिन्छ भने कलापानीबाट केही समय पैदलयात्रा गर्दै शैलुङ पुग्न सकिन्छ । ङडाँडाबाट शैलुङको सय थुम्का, गौरीशङ्कर हिमाल, रोल्वालिङ हिमशृङ्खला साथै दोलखा रामेछाप र सिन्धुपाल्चोको विभिन्न रमणीय क्षेत्रको अवलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ६ : २८ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता