२४ बैशाख २०८१, सोमबार | May 6, 2024

आगामी निर्वाचनले लोकतन्त्रलाई कमजोर होईन बलियो बनाउने छ : मुख्यमन्त्री पोखरेल



बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदम बाध्यात्मक भएको बताएका छन् । मुख्यमन्त्री पोखरेलले जनताले पाँच बर्षका लागि चुनेको प्रधानमन्त्री छोडेर अर्कै प्रधानमन्त्री बनाउन खोजेकोले निर्वाचनका लागि जनता समक्ष जानु परेको बताए ।

गुलरिया स्थित शिवगंगा आँखा उपचार केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्दै पोखरेलले चुनावको वेला एउटाको अनुहार देखाएर भोट माग्ने र चुनाव जिती सके पछि अर्को प्रधानमन्त्री हुन खोज्ने खिचातानीले देश अहिलेको अवस्थामा पुगेको बताए । अझै पनि लोकतान्त्रिक संस्कृतिको विकास नभएको भन्दै उनले निर्वाचन पछि लोकतान्त्रिक संस्कृतिको विकास हुने दाबी गरे । आगामी चुनावले लोकतन्त्र खतरामा होईन अझबलियो हुने बताए ।

उनले केन्द्रमा जे जस्तो खिचातानी भएपनि लुम्बिनी प्रदेशमा त्यस्तो नरहेको र सबै मिलेर समृद्ध प्रदेश अभियानमा लागेको मुख्यमन्त्री पोखरेलले दावी गरे । “लुम्बिनी प्रदेशमा अहिले विकासका कार्य तिव्ररुपमा भईरहेका छन् ।” उनले भने, “समृद्ध लुम्बिनीप्रदेशकाहामी सबै मिलेर विकास निर्माणमा लागेका छौ । ”

त्यसैगरी आजै मुख्यमन्त्री पोखरेलले नेकपा ओलीपक्षीय पार्टी कार्यकर्ताको बर्दिया जिल्ला भेलालाई सम्बोधन गरेका थिए । सो भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले कार्यकर्तालाई चुनावको तयारीमा जुट्न आव्हान गरेका थिए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ९ : ०५ बजे

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन