३ चैत्र २०८२, मंगलबार | March 18, 2026

धौलागिरि र कलैया अस्पतालका चिकित्सक आन्दोलित



बलेवा । धौलागिरि अस्पताल बागलुङका चिकित्सक आन्दोलित बनेका छन् । अतिरिक्त समयमा काम गरेको सुविधा नपाएको जनाउँदै उनीहरु आन्दोलित भएका हुन् ।

सरकारले तोकेभन्दा बढी समय काम गर्न लगाएर अस्पताल प्रशासनले चिकित्सकको श्रम शोषण गरेको भन्दै दबाबस्वरुप अन्दोलनमा जानु परेको डा. गणेश चालिसेले बताए । चिकित्सकले मंगलबार अस्पतालको प्रशासन शाखा अघि बिरामी जाँचेर आफ्ना मागको सुनुवाइका लागि दबाब दिएका छन् ।

सरकारले तोकेको भन्दा बढी समय काम गर्न नसक्ने र आकस्मिक काममा लगाउँदा अस्पताल व्यवस्थापनले सेवा सुविधा थप गर्नुपर्ने चिकित्सकको माग रहेको छ । हप्तामा पाँच दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म बिरामी जाँच गरे आफूहरुको काम पूरा हुने भए पनि अस्पताल प्रशासनले २४ घण्टा काममा लगाउने गरेको उनको भनाइ छ ।

“हामीलाई तोकिएको काम गर्छौं तर यहाँ २४ घण्टा काम गर्नुपर्छ, आराम गर्ने समयसमेत चिकित्सकले पाउँदैनन्”, अस्पतालको नाक कान घाँटी रोग विभागमा कार्यरत डा. गणेश चालिसेले भने । एउटा विभागमा एक जना मात्रै चिकित्सक हुँदा अन्तरङ्ग र बहिरङ्ग दुवै सेवामा खट्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

अस्पतालमा अहिले १५ जना विशेषज्ञ चिकित्सक र पाँच जना मेडिकल अफिसर छन् । उनीहरुले चिकित्सकका मागको सुनुवाइका लागि भन्दै एक दिन अस्पताल प्रशासन धर्ना कार्यक्रम गरेका हुन् ।

चिकित्सक आन्दोलित भएपछि बिरामी भने मर्कामा परेका छन् । कलैया-कोरोना जोखिम भत्ताको माग गर्दै कलैया अस्पतालका कर्मचारीले पनि आजदेखि धर्ना शुरु गरेका छन् । आफ्नो ज्यानलाई प्रवाह नगरी नागरिकको जीउज्यानको सुरक्षाका लागि रातदिन खटेर काम गरेको भए पनि ११ महिना बितिसक्दा पनि कोरोना जोखिम भत्ता सरकारले उपलब्ध नगराएको भन्दै आफूहरु आन्दोलन गर्न बाध्य भएको सङ्घर्ष समितिका अध्यक्ष डा हरिओमप्रसाद केसरीले जानकारी दिए ।

आर्थिक वर्ष २०७६/७७ को चैतदेखि असार मसान्तको मात्र १०५ जना सरकारी र विकास समितिका कर्मचारीलाई करिब रु ८० लाख भत्ता लिनुपर्ने भएको हुँदा पटकपटक सरोकारवाला निकायसँग लिखित तथा मौखिक अनुरोध गर्दा समेत वस्ता नगरेपछि आन्दोलनमा होमिनु परेको संघर्ष समितिका प्रवक्ता डा रविरोशन गुप्ताले बताए ।

आठौँ तहका आठ जना डाक्टरलाई मात्र दुई लाखभन्दाको दरले सो कोरोना जोखिम भत्ता दिनु पर्ने डा गुप्ताले बताए । आव २०७७/७८ को साउनदेखि कात्तिकसम्मको हिसाबकिताब नै नभएको हुँदा त्यो कति हुने हो ल्याब फाँटका प्रमुख फुलमहम्मदले बताए ।

प्रसूति सेवा, इमर्जेन्सी, एआबी फाँट र फार्मेसीबाहेकका अन्य सेवा ओपिडी, एक्सरे, ल्याब पूर्णरुपमा बन्द गरिएको छ । सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

कलैया अस्पतालका मेसु डा. सुनिल कुसवाहाले प्रदेश सरकारले कोरोना जोखिम भत्ता नपठाएकाले समस्या सिर्जना भएको बताउँदै वार्ता र छलफल गरी निकास निकाल्नका लागि आन्दोलनरत पक्षलाई आग्रह गरिएको बताए ।

प्रमुख जिल्ला अधिकारी दीपक नेपालले जोखिमभत्ता उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयलाई जानकारी गराई अस्पताल प्रशासनलाई सेवा सञ्चालनका लागि पहल गर्ने निर्देशन दिइसकेको बताए । रासस

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ६ : ४४ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड