१ पुस २०८२, मंगलबार | December 16, 2025

रुकुम-पूर्वमा छ महिनामा ९०७ नागरिकता वितरण



रुकुम-पूर्व । जिल्ला प्रशासन कार्यालय (रुकुम–पूर्व) ले छ महिनाको अवधिमा ९०७ जनालाई नयाँ नागरिकता वितरण गरेको छ ।

कार्यालयले यस आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ४६५ महिला र ४४२ पुरुषलाई नयाँ नागरिकता वितरण गरेको हो ।

गएको आर्थिक वर्षमा भने एक वर्षको अवधिमा एक हजार ७३ लाई नागरिकता वितरण गरिएको थियो । यस आवको गत साउनदेखि पुस २८ गतेसम्म भने नागरिकता लिने व्यक्तिको सङ्ख्या ९०७ पुगेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

कार्यालयको अर्धवार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै उनले ३१३ लाई प्रतिलिपि नागरिकता वितरण गरिएको बताए । तीन हजार ३८६ पुरानो डाटा इन्ट्री गरिएको प्रतिवेदन प्रजिअ राईले प्रस्तुत गरेका छन् ।

यस्तै राष्ट्रिय परिचयपत्र वितरणको लागि ९४४ जनाको विवरण दर्ता गरिएको छ । जसमा ६३२ महिला र ३१२ पुरुष छन् । अर्धवार्षिक अवधिमा प्रशासन कार्यालयबाट ३१३ ले राहधानीका लागि सिफारिस लिएका छन् । जसमा १३५ महिला र १७८ पुरुष छन् ।

जिल्ला प्रशासन कार्यालयले मङ्गलबार आफ्नो अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुका साथै सुझाव सङ्कलन पनि गरेको छ । रासस

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ७ : ३२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज