२१ बैशाख २०८३, सोमबार | May 4, 2026

मल खरिदमा नेपाली कम्पनी अयोग्य



काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारवाही गरेको छ ।

रासायनिक मल खरिदको सम्झौता गरेर तोकिएको समयमा मल नल्याएको भन्दै दुवै कम्पनीलाई कारवाही गरिएको हो ।

कृषि सामग्री कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले दुवै कम्पनीको धरौटी रकम जफत गरेर कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमन कार्यालयलाई सिफारिस गर्ने निर्णय भएको कम्पनीका प्रबन्ध सञ्चालक नेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार सम्झौता अवधि सकिँदासम्म मल खरिदको कुनै आधार तथा प्रमाणमा विश्वासयोग्य नभएपछि कारवाही गरिएको हो । २५ हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डिएपी मल गरी ४५ हजार मेट्रिक टन रासायनिक मल खरिदको जिम्मा पाएको मुक्तिनाथ कम्पनीको गत मङ्सिरमा सम्झौता अवधि सकिएको थियो ।

सम्झौता अवधि सकिएपछि कृषि कम्पनीले मुक्तिनाथलाई ५४ दिनको अवधि थप गरेको थियो तर थपिएको अवधिमा समेत मल खरिदको प्रक्रिया शुरु नगरेपछि कारवाही गरिएको उनले जानकारी दिए ।

कृषि सामग्री कम्पनी लिमिटेडले मुक्तिनाथसँग रासायनिक मल खरिद गर्न गत साउन १८ गते दुवै ठेक्कामा सम्झौता गरेको थियो । नियमानुसार सम्झौता गरेको १०७ दिनभित्र तोकिएको परिमाणमा रासायनिक मल खरिद गरिसक्नुपर्ने हुन्छ । मुक्तिनाथ कम्पनीले धरौटी राखेको नौ करोड ३१ लाख ३२ हजार रकम जफत गर्दै कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि दुई वटा ठेक्कामा कारवाही गरिएको शैलुङलाई पुनः तेस्रो ठेक्कामा समेत कारवाही गरिएको छ । कृषि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीका अनुसार पुस पहिलो साता २५ हजार मेट्रिक टन युरिया मल खरिद गर्न गत साउनमा सम्झौता भएको थियो । सो कम्पनीले समेत सम्झौता अवधिमा मल खरिद गर्न नसकेपछि धरौटी राखेको रु चार करोड ९२ लाख जफत गरेर कालोसूचीमा राख्न सिफारिस गरिएको हो ।

एक लाख मेट्रिक टन रासायनिक मल खरिद गर्न विभिन्न समयमा आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार तीन वटा कम्पनी छनोट गरिएको थियो । तीनवटा कम्पनी छ वटा ठेक्कामार्फत रासायनिक मल खरिदमा संलग्न भए पनि कुनै पनि कम्पनी मल खरिदमा सफल हुन सकेनन् । मल खरीदमा तीन वटा ठेक्का पाएको (सबैभन्दा धेरै) शैलुङले ८० हजार मेट्रिक टन, होलीको मल्टिपल कम्पनीले २५ हजार र मुक्तिनाथ कृषि कम्पनीले ४५ हजार मेट्रिक टन गरी रु छ अर्ब बढीको ठेक्का पाएका थिए ।

कुन कम्पनीलाई कतिको ठेक्का

कृषि सामग्री कम्पनीका अनुसार शैलुङले पहिलोपटक गत साउनमा २५ हजार मेट्रिक टन युरिया ल्याउन रु ९३ करोड ४८ लाख ८० हजार, दोस्रो पटक गत कात्तिकमा ३० हजार टन युरिया ल्याउन रु एक अर्ब नौ करोड २० लाख ५६ हजार ७०० र तेस्रो पटकमा २५ हजार मेट्रिक टन युरिया ल्याउन रु ९४ करोड छ लाख ९३ हजार ७०० गरी रु दुई अर्ब ९६ करोड ७६ लाख बढीको ठेक्का पाएको थियो ।

यसैगरी मुक्तिनाथ कृषि कम्पनीले २५ हजार मेट्रिक टन युरिया ल्याउन रु एक अर्ब दश करोड ४८ लाख २३ हजार र २० हजार मेट्रिक टन डिएपी ल्याउन रु ७५ करोड २५ लाख ५५ हजार गरी रु एक अर्ब ७५ करोड ७३ लाख बढीको ठेक्का पाएको थियो । होनिको मल्टिपलले २५ हजार टन युरिया मल ल्याउन रु ९३ करोड २५ लाख रुपैयाँको ठेक्का हात पारेको थियो । रासस

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ७ : ३५ बजे

मन्त्रिपरिषद् बैठक आज : मन्त्रालय मर्ज र खारेजको खाका पेश हुने

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा

बुटवलमा स्वच्छ व्यवसाय र स्वस्थ बजारबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको आयोजनामा बुटवलमा स्वच्छ

लिपुलेकबारे भारतको अडान : नेपालको दाबी अस्वीकार, वार्तामार्फत समाधानको प्रस्ताव

नयाँ दिल्ली । भारतले लिपुलेक पासलाई कैलाश मानसरोवर यात्राको ऐतिहासिक

भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका-४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको