१२ बैशाख २०८१, बुधबार | April 24, 2024

संवैधानिक इजलासमा भित्रिईन् न्यायाधीस सपना मल्ल प्रधान, संसद विघटन बिरुद्धको रिटमा सुनुवाइ हुने



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ । रिटमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीस चोलेन्द्र शम्सेर जवराले आफु सहित ५ सदस्सीय संवैधानिक इजलास तोकेका छन् ।

प्रधानन्यायाधिसले तोकेको संवैधानिक इजलासमा यस अघिको सुनुवाइमा इजलास छाडेका हरिकृष्ण कार्कीको स्थानमा न्यायाधीस सपना मल्ल प्रधानलाई तोकेका छन् ।

यस सम्बन्धी रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलासमा भन्ने विवाद छ । सम्भवत आजको सुनुवाइ संवैधानिक इजलासमा गर्ने की पूर्ण बृहत इजलासले हेर्ने भन्ने विषयमा नै केन्दीत हेनेछ ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए । सो विवाद कहाँ सुनुवाइ गर्ने भन्ने पनि आजै टुंगो लाग्ने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरेकी थिइन् ।

संसद विघटन असंवैधानिक भएको भन्दै परेका रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै आएको छ । रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफूसहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलास गठन गरेका थिए । अघिल्लो पटकको सुनुवाइमा न्यायाधीश कार्कीले आफू इजलासमा नबस्ने भनेपछि प्रधानन्यायाधीश जबराले आज कार्कीको सट्टा न्यायाधीश सपना मल्ल प्रधानलाई ताकेका हुन् ।

न्यायाधीस प्रधान न्यायक्षेत्रमा प्रवेश गर्नु अघि तत्कालीन नेकपा एमालेबाट राजनीति गर्थिन् । उनलाई संविधानसभामा तत्कालीन एमालेबाट समानुपातिक सभासद समेत बनेकी थिइन् ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १० : ३६ बजे

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल

एक जना मन्त्री लिएर सरकार बिस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज एकजना