१७ माघ २०८२, शनिबार | January 31, 2026

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु तस्करीमा संलग्न एक जना पक्राउ



काठमाडौं । नेपाली सेनाले डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट जीवजन्तुको अवैध तस्करीमा संलग्न एक व्यक्तिलाई जनालाई पक्राउ गरेको छ ।

सेना र निकुञ्ज कर्मचारी सहितको पट्रोल टोलीले मिति यही पुष २७ गते शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गतको त्रिपुरासुन्दरी नगरपालिका–११ स्थित थर्मु निगालीगौराबाट अवैध जिवजन्तु तस्करीमा संलग्न १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ६ बस्ने बर्ष ५३ को लक्ष्मीचन्द्र शाही रहेका छन् । निजको साथबाट बरामद भएको भरुवा बन्दुक एक थान र त्यसमा लाग्ने छर्रा एक थान, केप एक थान र बारुदको डब्बा एक थान समेत बरामद गरेको सेनाले जनाएको छ ।

यसैगरी शिकार गरिएको जनावरको मासु तथा शिकारको लागि आवश्यक अन्य बन्दोबस्तीका सामाग्रीहरु सहित आवश्यक कारवाहीको लागि निकुञ्ज कार्यालयमा बुझाइएको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १ : ५९ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक