३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु तस्करीमा संलग्न एक जना पक्राउ



काठमाडौं । नेपाली सेनाले डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट जीवजन्तुको अवैध तस्करीमा संलग्न एक व्यक्तिलाई जनालाई पक्राउ गरेको छ ।

सेना र निकुञ्ज कर्मचारी सहितको पट्रोल टोलीले मिति यही पुष २७ गते शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गतको त्रिपुरासुन्दरी नगरपालिका–११ स्थित थर्मु निगालीगौराबाट अवैध जिवजन्तु तस्करीमा संलग्न १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ६ बस्ने बर्ष ५३ को लक्ष्मीचन्द्र शाही रहेका छन् । निजको साथबाट बरामद भएको भरुवा बन्दुक एक थान र त्यसमा लाग्ने छर्रा एक थान, केप एक थान र बारुदको डब्बा एक थान समेत बरामद गरेको सेनाले जनाएको छ ।

यसैगरी शिकार गरिएको जनावरको मासु तथा शिकारको लागि आवश्यक अन्य बन्दोबस्तीका सामाग्रीहरु सहित आवश्यक कारवाहीको लागि निकुञ्ज कार्यालयमा बुझाइएको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १ : ५९ बजे

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने

त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा