७ चैत्र २०८२, शनिबार | March 21, 2026

नेपालमा कोरोना विरुद्धको खोप किन्न एनआरएनएले सहयोग गर्ने



लण्डन । गैरआवासीय नेपाली संघले नेपालमा कोभिड–१९ विरुद्धको खोप भित्र्याउनको लागि पहल सुरु गरेको छ ।

नेपालमा खोप भित्र्याउनका लागि गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले बुधबार विश्व स्वास्थ्य संगठन साउथ एसियाका वरिष्ट खोप विज्ञ तथा स्वास्थ्य अधिकृत डा. सुधीर खनालसँग छलफल गरेको छ ।

नेपालमा कोभिड विरुद्धको खोप लैजान सकिने सम्भवना र चुनौतिको बारेमा छलफल गरिएको गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले बताए । भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा महासचिव डा. हेम राज शर्माले गैरआवासीय नेपाली संघले विज्ञहरुको रायको आधारमा खोपको लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए । शर्माले नेपाल सरकारसँगको सहकार्यमा कोभिड–१९ विरुद्धको खोप किन्न संघ ईच्छुक रहेको उल्लेख गरे ।

छलफलमा बोल्दै गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाले नेपाल सरकारले नेपालमा खोप लैजान प्रयाप्त तयारी नगरेको अवस्थामा विदेशमा बस्ने नेपालीहरुले देशमा खोप भित्राउन ठूलो भूमिका निर्वाह गर्न सकिने जनाए ।

कार्यक्रममा बोल्दै डा. सुधीर खनालले नेपालले ल्याउने खोप डब्लुएचओबाट मान्यता प्राप्त हुनु पर्नेमा जोड दिए । तत्कालका लागि बेलायत, जर्मनी लगायतका मुलुकले उत्पादन गरेका खोप नेपाल ल्याउन सकिने बारे छलफल र तयारी भइरहेको खनालको भनाइ थियो ।

उनले भारतले बनाएको खोप सहजता र सुलभता एवं अन्यको तुलनामा सस्तो भएका कारणले नेपालको लागि उपयुक्त हुने धारणा राखे । उनले नेपालमा एउटै उत्पादनकर्ताको खोप भित्र्याउन नेपाल सरकारलाई सुझाव दिए ।

नेपालको आवश्यकता हेरेर मात्र खोप भित्राउनु पर्नेमा डा. खनालको जोड थियो। खनालले नेपालको ७२ प्रतिशत जनसंख्यालाई खोप दिनको लागि ५४ अर्ब रुपैयाँ लाग्ने बताए ।

भारत, चीन र रसियाबाट नेपालको लागि खोप ल्याउन सकिने पनि उनको भनाइ थियो । भारत सरकारलाई नेपाललाई आवश्यक मात्रामा पुरा हुने गरी खोप उपलब्ध गराउन आग्रह गर्न सकिने उनले बताए । डा. खनालले नेपालमा खोप खरिद गर्नको लागि आवश्यक ऐन तथा कानूनहरु बाधक रहेको समेत बताए ।

छलफलमा गैरआवासीय नेपाली संघ कोरियाका डा देवी बस्नेतले साउथ कोरिया, चीन लगायतका देशसँग सहकार्य गरेर नेपाल सरकारले अघि बढ्न सकिने बताए । उनले विदेशमा रहेका नेपालीहरुको सक्रियतामा नेपालमा खोप लैजान सक्ने प्रशस्त सम्भवना रहेको जनाए ।

एनआरएन अमेरिकाका अध्यक्ष सुनील शाहले नेपालमा खोप पठाउन व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गरेर अघि बढ्न सकिने धारणा राखे ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले गैरआवासीय नेपालीहरुले नेपाल सरकारलाई सहयोग गर्दा आर्थिक सहयोग नगरेर सिधैं खोप उपलव्ध गराउँदा उचित हुने सुझाव दिएका थिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिकका निवर्तमान अध्यक्ष डा. केशव पौडेल, सत्य चौधरी, भूमा लिम्बु, बिमला सापकोटा, डा. सगर पौडेलले नेपालमा खोपका सम्भवनाका बारेमा आ–आफ्ना भनाइ राखेका थिए ।

संघले नेपाल सरकारको आग्रहमा आर्थिक संकलनको तयारी गरेको छ ।

सरकारले बुधवार एक विज्ञप्ति जारी गर्दै खोप कोषमा योगदान गर्न सबैलाई आग्रह गरेको थियो ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ९ : ३० बजे

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा

निर्वाचन सम्पन्न भएकामा चीनको बधाई

काठमाडौं । चीन सरकारले नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकामा