२२ भदौ २०८३, सोमबार | September 7, 2026

लोकतन्त्रमा सबै समुदाय र वर्गका सम्मान स्थापित हुन्छ : मुख्यमन्त्री पोखरेल



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संविधानले सबै जाति, समुदायका उत्थान र विकासमा जोड दिएको बताएका छन ।

माघीपर्वको अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले लोकतन्त्रमा नै सबै समुदाय र वर्गका नागरिकको सम्मान स्थापित हुने भएकाले यही मान्यतालाई संवैधानिकरूपमा व्यवस्था गरेर लोकतान्त्रिक प्रणालीको जग बलियो र फराकिलो पारिएको उल्लेख गरे ।

उनले शुभकामना सन्देशमा सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीपर्वले पारिवारिक मिलन, बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता बढाउँदै आएको छ भने ।

उनले मकर सङ्क्रान्ति तथा माघीपर्व विविधतायुक्त नेपाली समाजमा ठूलो पर्वको रूपमा मनाउने गरिएको उल्लेख गरेका छन् । माघीपर्वलाई थारू, मगर, छन्त्याल लगायत अन्य समुदायले निकै महत्वका साथ मनाउँदै आएकाले पर्वको निकै महत्व रहेको उनले बताएका छन् ।

सन्देशमा भनिएको छ “मुलुक संविधान कार्यान्वयनको महत्वपूर्ण दिशामा अघि बढिरहेको अवस्थामा संविधानको सफल कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिकरूपमा प्राप्त अधिकारको उपभोग गर्ने अवसर छ ।

संविधानको कार्यान्वयनको रूपमा अल्पसङ्ख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि संवैधानिकरूपमै आयोग गठन गर्ने व्यवस्था गरेर सबैप्रति सम्मान व्यक्त भएको छ । ”

उनले सरकार सञ्चालनका लागि अनेक अप्ठ्यारा भएपछि बहुमतप्राप्त प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय लिनु स्वाभाविक रहेको जनाउँदै लोकतन्त्रमा चुनाव अनिवार्य शर्त रहेको बताएका छन् ।

उनले प्रतिनिधिसभा विघटन भई मुलुक चुनावी अभियानमा अघि बढेकोले घोषित चुनावलाई सफल बनाउन मिलेर अघि बढ्न आह्वान समेत गरेका छन् ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ९ : २६ बजे

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी