१२ बैशाख २०८१, बुधबार | April 24, 2024

काठमाडौंका सडकमा आधुनिक बत्ती जडान हुँदै



काठमाडौं । काठमाडौं महानगरपालिकाले उज्यालो काठमाडौं कार्यक्रमअन्तर्गत करिब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पु-याएको छ ।

यसअन्तर्गत करिब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिने बत्ती (हाइमास्ट लाइट) जडान गर्नेलगायतका केही महत्वपूर्ण कामलाई दु्रतगतिमा अघि बढाइएको छ ।

यातायात व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न, सामाजिक सुरक्षालगायतका सेवा सुविधालाई चुस्तदुरुस्त राख्न र शहरी सौन्दर्य अभिवृद्धि गर्न मुख्य-मुख्य सडकमा करिब एक हजार ७५० आधुनिक बत्ती जडान गर्ने काम बोलपत्र आह्वानको चरणमा पुगिसकेको कामपाले जनाएको छ ।

महानगरपालिका क्षेत्रभित्रका मुख्य-मुख्य सडकमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा कामपा र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहने छ । औपचारिकरूपमा गरिएको सहमतिअनुसार सडक बत्ती जडानमा कामपाको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी रहनेछ ।

गत मङ्सिर २५ गते काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर गरेसँगै महानगरपालिकाले यो प्रक्रिया अघि बढेको जनाइएको छ । महानगरलाई रातमा पनि उज्यालो र झिलीमिली बनाएर उज्यालो सङ्घीय राजधानीको चिनारी दिन ‘मेयर उज्यालो अभियान’अन्तर्गत आधुनिक सडक बत्ती जडान कार्य अघि बढाइएको हो ।

कामपा शहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाका अनुसार पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिपुरेश्वर हुँदै कलङ्कीसम्म, त्रिपुरेश्वरबाट महाराजगञ्जसम्म र सिंहदरबार वरिपरि आधुनिक सडक बत्ती जडान गरिनेछ ।

पुतली सडकबाट बालुवाटारसम्म र त्रिभुवन विमानस्थलबाट हायात होटलसम्मको सडकखण्ड पनि पहिलो चरणमा समेटिएको छ । यस चरणमा करिब ६० किलोमिटर सडकखण्डमा करिब एक हजार ७५० बत्ती जडान गर्ने तयारी भएको थापाले जानकारी दिए । यसका लागि पहिलो चरणमा करिब रु ११ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

चालु आवमा बत्ती जडानमा प्राधिकरणको भागमा पर्ने ४० प्रतिशत लगानी महानगरले नै गरिदिनेछ । यो रकम दोस्रो चरणको बत्ती जडान योजनामा समायोजन हुनेछ ।

यस क्रममा नयाँ पोल थप्नका लागि स्थानको स्वीकृति दिने, नयाँ बत्ती जडानका क्रममा बिग्रिएका फुटपाथलगायतका संरचनाको निर्माण गर्ने काम सडक विभागले गर्नेछ । रासस

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  १ : ३४ बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।