६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

कोरोना कहरका बीच थारु जातिले मनाए माघी पर्व



काठमाडौं । बिहीबार थारु जातिको मुख्य पर्व माघी काठमाडौं लगायत देशभर मनाइएको छ ।

हरेक वर्ष माघको पहिलो दिन थारु जातिले माघी पर्व मनाउने गर्दछन् । यस वर्ष पनि काठमाडौं लगायत थारुहरुको बहुल्यता भएको विभिन्न ठाउँमा माघी पर्व मनाइएको छ ।

अघिल्ला वर्षहरुमा काठमाडौँ लगायत विभिन्न ठाउँमा औपचारिक कार्यक्रम गरी धुमधाम र हर्सोल्लासका साथ माघी मनाईने गरिएको थियो । यसपाली भने कोभिड १९ संक्रमणका कारण देशभर सानो समुहमा अथवा परिवार भित्र मात्रै माघी पर्व मनाइएको छ ।

माघीमा मिठो मिठो परिकारहरु बनाएर खाने प्रचलन छ । यस पर्वमा मौलिक परिकारहरु चिचर(भत्कुन), सितुवा, घुगी, हाँसको मासु लगायतका परिकारहरु बनाएर खाने गरिन्छ भने आफ्नो कला, संस्कृति झल्किने पोषाक लगाएर धुमधामसँग माघी मनाइने गरिन्छ ।

माघीको दिन नुहाएर तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा रहेको छ । यस दिनमा नुहाएर दाल, चामल छोएर मान्यजनसँग आर्शिवाद लिने गरिन्छ । माघीलाई एक आपसमा सम्बन्ध प्रगाढ बनाउने पर्वको रुपमा पनि लिने गरिन्छ ।

यस दिनमा आफ्ना चेलिवेटीहरुलाई उपचार दिने र चेलिबेटीसँगको सम्बन्धलाई सुदृढ बनाउने गरिन्छ । थारु जातिले माघी पर्वलाई नयाँ वर्षको दिनको रुपमा लिने गर्दछन् भने यस दिन देखि नयाँ कामको शुरुवात गर्ने प्रचलन पनि रहेको छ ।

माघीको दिनमा गाउँ समाजको नयाँ अगुवा चुन्ने तथा घरसल्लाह गर्ने काम पनि गरिन्छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ५ : ०९ बजे

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक

वर्षाले काठमाडौंमा अत्याधिक ट्राफिक जाम

काठमाडौं । काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा

होर्मुज जलमार्गबाट इरानी सुरक्षाकर्मीले पक्राउ गरेका नेपाली अमृत झा रहेको पुष्टि

काठमाडौं । इरानको सुरक्षा निकायले होर्मुज जलडमरु क्षेत्रमा पक्राउ गरेको

काठमाडौंमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ