१ पुस २०८२, मंगलबार | December 16, 2025

कोरोना कहरका बीच थारु जातिले मनाए माघी पर्व



काठमाडौं । बिहीबार थारु जातिको मुख्य पर्व माघी काठमाडौं लगायत देशभर मनाइएको छ ।

हरेक वर्ष माघको पहिलो दिन थारु जातिले माघी पर्व मनाउने गर्दछन् । यस वर्ष पनि काठमाडौं लगायत थारुहरुको बहुल्यता भएको विभिन्न ठाउँमा माघी पर्व मनाइएको छ ।

अघिल्ला वर्षहरुमा काठमाडौँ लगायत विभिन्न ठाउँमा औपचारिक कार्यक्रम गरी धुमधाम र हर्सोल्लासका साथ माघी मनाईने गरिएको थियो । यसपाली भने कोभिड १९ संक्रमणका कारण देशभर सानो समुहमा अथवा परिवार भित्र मात्रै माघी पर्व मनाइएको छ ।

माघीमा मिठो मिठो परिकारहरु बनाएर खाने प्रचलन छ । यस पर्वमा मौलिक परिकारहरु चिचर(भत्कुन), सितुवा, घुगी, हाँसको मासु लगायतका परिकारहरु बनाएर खाने गरिन्छ भने आफ्नो कला, संस्कृति झल्किने पोषाक लगाएर धुमधामसँग माघी मनाइने गरिन्छ ।

माघीको दिन नुहाएर तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा रहेको छ । यस दिनमा नुहाएर दाल, चामल छोएर मान्यजनसँग आर्शिवाद लिने गरिन्छ । माघीलाई एक आपसमा सम्बन्ध प्रगाढ बनाउने पर्वको रुपमा पनि लिने गरिन्छ ।

यस दिनमा आफ्ना चेलिवेटीहरुलाई उपचार दिने र चेलिबेटीसँगको सम्बन्धलाई सुदृढ बनाउने गरिन्छ । थारु जातिले माघी पर्वलाई नयाँ वर्षको दिनको रुपमा लिने गर्दछन् भने यस दिन देखि नयाँ कामको शुरुवात गर्ने प्रचलन पनि रहेको छ ।

माघीको दिनमा गाउँ समाजको नयाँ अगुवा चुन्ने तथा घरसल्लाह गर्ने काम पनि गरिन्छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ५ : ०९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज