६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

परम्परागत खाना खुवाएर होटल पौवाले मनायो माघी पर्व



बुटवल । होटल पौवाले माघी पर्वको अवसर पारेर आफ्ना ग्राहकहरुलाई परम्परागत खाना खुवाएर माघी पर्व मनाएको छ । पौवाका ८ वटै शाखामा आज दिनभरी आएका ग्राहकहरुलाई माघीका दिन परापूर्वकाल देखि खाईँदै आएको परिकारहरु खुवाएर माघी पर्व मनाएको होटल पौवाले जनाएको छ ।

पौवाको जुम्ला, भैरहवा, लमही र गुल्मीको रेसुंगामा खिचडी, तरुल, सखरखण्ड, ढिक्रि, माछाको अचार जस्ता परिकारहरु ग्राहकलाई खुवाएको थियो भने भालुवांग, गोरुसिंगे, तानसेन, योगिकुटी शाखाले उल्लेखित परिकारका अतिरिक्त सेलरोटी, चुकाउनी, मिक्स अचार सहित ग्राहकसँग माघी पर्व मनाएको थियो ।

पौवाको भालुवांग शाखामा माघी मनाउन आएका ग्राहकहरुलाई माघीको अवसर पारेर थारु कलाकारबाट सखिया नाच समेत प्रस्तुत गरिएको थियो ।

पौवाको माघी मनाउने यो शैलीलाई नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका उपाध्यक्ष दिनेश पाण्डेले प्रशंसनिय भनेका छन् । उनले नयाँ पुस्तालाई पर्व अनुसारको खानाको बिषयमा जानकारी दिने र परम्परागत संस्कृतिको पनि संरक्षण गर्न पौवाको माघी कार्यक्रम सफल भएको पाण्डेले बताए ।

नेपाली परम्परा र संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले माघीको अवसर पारेर परम्परागत परिकार खुवाईएको होटल पौवाका प्रवन्ध निर्देशक विष्णु ज्ञवालीले बताए ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ७ : ०८ बजे

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक

वर्षाले काठमाडौंमा अत्याधिक ट्राफिक जाम

काठमाडौं । काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा

होर्मुज जलमार्गबाट इरानी सुरक्षाकर्मीले पक्राउ गरेका नेपाली अमृत झा रहेको पुष्टि

काठमाडौं । इरानको सुरक्षा निकायले होर्मुज जलडमरु क्षेत्रमा पक्राउ गरेको

काठमाडौंमा हुरीबतासहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ