१ पुस २०८२, मंगलबार | December 16, 2025

आज दिनभरी बाक्लो कुहिरो लाग्ने, देशैभर चिसो बढ्यो, आन्तरिक उडान प्रभावित



काठमाडौं । राजधानी काठमाडौं उपत्यकासहित देशका अधिकांस स्थानमा बादल सहित बाक्लो कुहिरो लागेपछि देशैभरका उडानहरु प्रभावित बनेका छन् । काठमाडौंसहित तराईका जिल्लामा बाक्लो कुहिरो लागेकाले आन्तरिक उडान ठप्प भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलमा आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् । कुहिरो र न्युन भिजिबिलिटीका कारण उडान प्रभावित भएको हो ।

बादल र कुहिरो लागेसँगै मुलुकभर चिसो पनि बढेको छ । नेपालमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्युन चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्युन चापीय क्षेत्रको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश नं. १, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरै भूभागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ भने बाँकी भूभागमा सामान्य बदली हुने छ ।

तराईका धेरैजसो भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदहरुले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ९ : २९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज