१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

भारतमा निर्मित कोरोना खोपको आपतकालीन प्रयोग गर्न नेपालमा अनुमति



काठमाडौं । नेपाल सरकारले भारतमा निर्मित कोरोना खोप प्रयोग गर्न अनुमति प्रदान गरेको छ ।

औषधि व्यवस्था विभागले भारतमा निर्मित ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको हो । कोभिसिल्ड सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोप हो ।

अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको छ । भारतले यसअघि नै यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ ।

नेपालमा कोभिड १९ विरुद्धको खोपको आपतकालीन प्रयोगका लागि शुक्रबारको विभागीय निर्णय अनुसार कोभिसिल्ड प्रयोग गर्न अनुमति दिएको हो । नेपालमा यो खोप यो हुकुम डिस्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्रालीले दर्ता गरेर ल्याउन लागेको हो ।

बुधबार मात्रै औषधी व्यवस्था विभागले सूचना जारी गर्दै कोभिड–१९ विरूद्ध खोपको आयातका लागि उत्पादक वा आयातकर्तालाई दर्ता अनुमति पत्र लिन आवेदन माग गरेको थियो ।

औषधि वा खोपको आपतकालीन प्रयोग सम्बन्धी संहिता, २०७७ र ‘कोभिड–१९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी’ अवधारणापत्रलाई आधार मानेर विभागले अनुमति प्रदान गरेको हो ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ४ : २४ बजे

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना

मतदाता आकर्षित गर्न आ-आफ्नै ‘एजेन्डा’

काठमाडौं । यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा

संखुवासभा-ताप्लेजुङ सीमाक्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमाक्षेत्रमा शुक्रबार बिहान भूकम्पको धक्का

निर्वाचन आउन ६ दिन बाँकी : निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन

नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३