२८ चैत्र २०८२, शनिबार | April 12, 2026

न्यायाधीसहरुलाई चिन्दिन, कहिल्यै भेटेको पनि छैन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफुले कहिल्यै नभेटेको बताएका छन् ।

शनिबार काठमाडौंमा आफु निकट १ नं. प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले न्यायाधीसहरुलाई आफुले यसपटकमात्र नभएर कहिल्यै पनि नभेटको दाबी गरेका हुन ।

संवैधानिक इजलाससँग सम्बद्ध न्यायाधीसहरुलाई प्रधानमन्त्रीले भेट गरेको समाचार प्रकाशित भएपछि शुक्रबार इजलासमा यसबारे प्रश्न उठेको थियो । पछि सर्वोच्च अदालतले विज्ञप्ति जारी गरेर त्यो समाचार भ्रामक भएको जनाएको थियो ।

प्रधानमन्त्री ओलीले न्यायाधीस सपना प्रधान मल्ललाई वकिल हुँदा कुनै कार्यक्रममा देखेपनि अरुलाई नदेखेको र चिन्न पनि नचिनेको जिकिर गरे । नेकपाको ओली पक्षका अध्यक्ष समेत रहेका उनले भने, ‘सपना मल्ल प्रधानलाई वकिल हुँदा कुनै कार्यक्रममा देखेको हो । अरुलाई त देखेको पनि छैन । सायद चिनेको पनि छैन ।’

कार्यक्रमाम प्रधानमन्त्री ओलीले आफ्ना पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डलाई ब्यंङ्ग गर्दै दुनिँयालाई रुवाउँदै हिँड्ने आफ्नो काम नभएको बताए ।

दुई दिन अघि प्रचण्डले काठमाडौंमै आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीलाई राजनीतिक जोक्करको संज्ञा दिँदै उनको काम मान्छे हसाँउने भएको बताएका थिए । त्यसको जवाफमा आफूहरुले अहिलेसम्म दुनियाँ रुवाएर, मान्छे मारेर वा लुटपाट गरेर कसैलाई नरुवाएको उल्लेख गर्दै उनले भने, “मैले हँसाएँ भनेर किन पीर रु नेपाली जनता खुशी हुँदा, हाँस्दा किन पिर ? रुवाउन खोजेका थियौँ । सक्दैनौँ । दिइने छैन ।”

प्रधानमन्त्री ओलीले केही मान्छेको परिभाषामा निर्वाचन हुनु देश बर्बादमा जानु हुने भन्ने खालको परिभाषा आएको देखेर आफू चकित परेको जनाए । उनले कुरा चाहिँ लोकतन्त्रको गरेर जनताको म्याण्डेड लिन डराएर सत्ता कब्जा गर्न खोज्ने प्रवृत्ति देखिएको बताए ।

ओलीले निर्वाचन नै नचाहिने र एकपल्ट पनि सूर्य चिन्हबाट निर्वाचन नलडेकाहरु पार्टीको बैठकमा नआएर अहिले सूर्य चिन्ह चाहियो भन्दै किन निर्वाचन आयोगमा पुगेको ? भनी प्रश्न गरे ।

अध्यक्ष ओलीले कोभिड–१९ विरुद्धको खोप निकट भविष्यमा आउने र त्यसपछि विकासको गतिलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले सरकारले शुक्रबार मात्रै सार्वजनिक गरेको ‘नागरिक एप्स’ले आधुनिक नेपाललाई अगाडि बढाउने र सुशासन वृद्धितर्फ यसले काम गर्ने जनाए ।

 

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ४ : १४ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख