२१ बैशाख २०८३, सोमबार | May 4, 2026

दुई पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते



सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका-७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाका  श्रीमानलाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो ।

पहिलाका श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका उमेश शाहीबीच विवाद हुँदा पहिलो श्रीमान् पक्षले ती महिलामाथि हातपात गरेको बताइएको छ । धनराजलाई छाडेर उमेशसँग विवाह गरेर केही समय अगाडि मिलापत्र गरेको भए पनि शनिबार पुनः दुई पक्षबीच झडप भएको हो । रु ११ लाख तिरेर मिलापत्र भएको भए पनि दोस्रो श्रीमान् उमेशले आफूले पैसा तिरेको भर्पाइसहितको कागजात माग्न खोज्दा पहिलाका श्रीमान् धनराजले गर्भवती महिलालाई हातपात गर्दा निधार र कानमा चोट लागेको छ ।

पैसा लिएको भर्पाइ माग्दा पहिलाका श्रीमान् पक्षकाले मिलेर कुटपिट गरेको बताइएको छ । ती महिलाको पेटमा पाँच महिनाको गर्भ रहेको र अहिले बोल्न नसक्ने भएका कारण उचारका लागि सिमकोट ल्याइएको छ । कानमा लगाएको सुनको एक कानको रिङसमेत हराएको बताइएको छ ।

संविधानमै गाउँपालिकाले हिंसापीडितको सुरक्षाका लागि आश्रय केन्द्र निर्माण तथा व्यवस्थापन गर्नुपर्ने उल्लेख भए पनि हुम्लाका सात स्थानीय तहले अहिलेसम्म सिन्कोसमेत भाँच्न सकेका छैनन् । यस्तै जिल्लाका सात गाउँपालिकामा रहेका ४४ वडाका स्थानीय सरकार तथा जनप्रतिनिधि हिंसापिडीत महिलाको व्यवस्थापनका लागि बेखबरजस्तै बनेका छन् ।

अहिलेसम्म हिंसामा परेका पीडितको सामाजिक सुरक्षाको व्यवस्थापन हुनसकेको छैन । हिंसामा परेकालाई समाजमा पुनःस्थापना गर्न नसकिए पनि बाँच्न पाउने न्यूनतम अधिकारको संरक्षण हुनुपर्ने पीडितको जीवनरक्षाको सवालमा काम गर्ने संस्थाहरू बताउँछन् ।

हुम्लामा हिंसापीडितको अस्थायी सरकारी आवासगृह निर्माण हुनसकेको छैन । जिल्लामा कुनै पनि स्थानीय तहले हिंसापीडितको अस्थायी आवासगृह निर्माणको नीतिगत व्यवस्था गर्न नसकेको मानव अधिकारकर्मी नन्द सिंहले बताए । हिंसामा परेका पीडित व्यक्तिको सामाजिक सुरक्षा स्थानीय सरकारले लिनुपर्ने जिल्लाका जानकारहरुले बताउँदै आएका छन् । रासस

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ८ : २४ बजे

बुटवलबाट ४३ लाख बढीको भेपसहित १ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट ठुलो परिमाणमा हुक्काको भेप सहित

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा

खजुरा क्षेत्रको राजमार्ग फराकिलो बनाउन माग गर्दै स्थानीयबासीको ज्ञापनपत्र

खजुरा । बाँके खजुराका स्थानीयबासीले नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा

बुटवलमा दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल प्रतियोगिता बैशाख २६ गतेदेखी

बुटवल । बीस पचहत्तर युवा परिवार बुटवलको आयोजनामा दोस्रो संस्करणको