२८ चैत्र २०८२, शनिबार | April 12, 2026

देशलाई निरंकुशतामा लाने षडयन्त्र विरूद्ध आक्रमक आन्दोलन आवश्यक : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पु-याउने डरलाग्दो षडयन्त्र भइरहेको बताएका छन् ।

आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पु-याउने डरलाग्दो षडयन्त्र भएको बताएका हुन् । यस्तो षडयन्त्रको विरुद्ध आक्रमक आन्दोलन गर्नुपर्ने उनको भनाइ छ ।

सर्वोच्च अदालत र निर्वाचन आयोगमा सेटिङ भएको भन्ने आफुहरुले आशंका नगरेको भएपनि प्रधानमन्त्री ओलीको सेटिङमा भने शंका भएको उनले बताए ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र, संविधान र जनादेशको विरुद्दमा उभिएको बताए ।ओलीले पहिलेदेखि नै गुटबन्दी गर्दै आएको बताउँदै सरकारमा गएपछि दक्षिणपन्थी अवसरवाद लागु गरी प्रतिक्रान्ति गरेको खनालले आरोप लगाए ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता भिम रावलले विगतमा भएका विभाजनका श्रृङ्खलाहरुलाई समाप्त गर्नेगरी पार्टी एकिकरण भएको भएपनि एकीकरणले ओलीलाई प्रधानमन्त्री बनाउनुबाहेक केही हुन नसकेको टिप्पणी गरे । ओलीले देशलाई स्थायित्व दिन आफैले गरेको हस्ताक्षरलाई आफैले निर्लज्ज रुपमा च्यातेर फ्याकेको बताए ।

प्रचण्ड–नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरुद्धमा निरन्तर संघर्षका कार्यक्रम गरिरहेका छन् भने विभिन्न जनवर्गिय संगठनहरुको भेलालाई पनि तिव्रता दिएका छन् ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ६ : ५८ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख