४ चैत्र २०८२, बुधबार | March 18, 2026

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी क्षेत्रको मौसम सामान्यतया सफा



काठमाडौं । हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासको क्षेत्रमा उत्पन्न भएको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहने सम्भावना छ । देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका पहाडी भू-भागको मौसममा आँशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । देशका अन्य भू-भागको मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश नं १ का पहाडी भू-भागका एक, दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ६ : ४१ बजे

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका