६ श्रावण २०८३, बुधबार | July 22, 2026

भारतमा कोरोना भाइरस विरुद्धको खोपमा देखियो ‘साइड इफेक्ट’, ३ जना अस्पताल भर्ना



एजेन्सी । कोरोना भाइरस विरुद्धको माहा खोप अभियान थालेको तेस्रो दिन सम्म आईपुग्दा भारतमा कोरोना भाइरस खोपको साइट इफेक्ट देखिन थालेको छ । शनिबारदेखि दिन थालिएको खोपबाट साइट इफेक्ट देखिन थालेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । आइतबार भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी कोरोना खोप दिन थालेको २ दिनमा ४४७ जना बिरामीहरुमा साइड इफेक्ट देखिएको जनाएको छ ।

केन्द्रीय स्वास्थ्य सचिव डा.मनोहर आगनानीका अनुसार कोरोना भाइरस विरुद्धको खोपको नकारात्मक असर सानो तहमा देखिएको छ । यद्यपि, खोप लगाएपछि कसैलाई अस्पतालमै भर्ना गर्नुपर्ने असर भने अत्यन्त न्यन रहेको उनले बताएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले खोप अभियान पूर्व नै कसै कसैलाई अस्पताल नै भर्ना गर्नु पर्ने गरि नकरात्मक असर पर्न सक्ने बताएको थियो ।

खोप दिन लागिएको २ दिनमा तीन जनालाई मात्र साईड इफेक्टका कारण अस्पताल भर्ना गर्नु परेको डा. आगनानीले बताए । उनका अनुसार एक व्यक्तिलाई उत्तर रेलवे अस्पतालमा भर्ना गरिएको छ भने अर्का एक बिरामीलाई उही समयमा दिल्लीस्थित एम्स अस्पतालबाट डिस्चार्ज गरिएको थियो । जबकी तेश्रो बिरामी एम्स रिसीकेस अस्पतालमा रहेका छन्, उनको पनि अवस्था राम्रो छ । भ्याक्सिनको साइड इफेक्टबारे डा. आगनानीले भने– ‘धेरैजसो मानिसहरुलाई हल्का ज्वरो आउने गरेको छ । त्यस्तै टाउको दुख्ने, चक्कर लाग्ने, पसिना आउने लक्षण पनि देखिएको छ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गरेका महा खोप अभियानको पहिलो दिन २ लाख ७ हजार २ सय २९ जनालाई भ्याक्सिन लगाइएको थियो । भारतले एकै दिन यती ठूलो संख्यामा खोप लगाईएको बिश्वमै पहिलो घटना भएको दाबी गरेको छ । पहिलो दिन आन्ध्र प्रदेश, बिहार, उत्तर प्रदेश, महाराष्ट्र, कर्नाटक लगाय १५ राज्यमा खोप दिइएको थियो ।

दोश्रो दिन भारतका ६ वटा राज्यमा खोप दिइएको छ । जसमध्ये आन्ध्र, अरुणाञ्चल, कर्नाटक, केरला, मणिपुर र तमिलनाडु रहेका छन् । आइतबार भने करिब १७ हजार व्यक्तिलाई मात्र खोप दिइएको छ ।

भारतले पहिलो चरणको अभियान अन्तर्गत ३० करोड भारतीयलाई खोप लगाउने योजना सार्वजनिक गरेको छ । यो खोप एक जनालाई दुई डोज दिने गरिन्छ । जसमा पहिलो र दोश्रो डोजको फरक २१ देखि २८ दिनको हुने जनाइएको छ ।

भारत सुरकारले सुरु गरेको खोप अभियानअन्तर्गत सवैभन्दा पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदण्ड बनाइएको छ । खोपका लागि एकिकृत बालविकास सेवाका कर्मचारीसहित सरकारी तथा नीजि क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई सवैभन्दा पहिलो प्राथमिकतामा राखिएको छ। अग्रपंक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झण्डै तीन करोड नागरिकलाई खोप लगाउने भारतीय सरकारको तयारी छ।

पहिलो चरणमा फ्रन्टलाइनका कामदारहरूलाई कोभिसिल्ट र कोभ्याक्सिनको पहिलो डोज दिइएको हो ।

खोप लगाउनका लागि देशभरी तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको र ती सवै भर्चुअल माध्यमबाट एक अर्कामा सम्पर्कमा रहने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन्।

 

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  १० : १५ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क