२३ बैशाख २०८१, आइतबार | May 5, 2024

निर्वाचनका लागि कम्तिमा ८ अर्ब खर्च लाग्ने अनुमान



काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाखमा हुने भनिएको निर्वाचन सम्पन्न गर्न कम्तिमा आठ अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरेको छ ।

निर्वाचन खर्चबारे आयोगले आइतबार अर्थसचिवसँग गरेको छलफलका क्रममा कम्तिमा आठ अर्ब खर्च लाग्ने अनुमान निकालिएो हो ।

खर्चबारे अहिलेसम्म टुंगो नलागे पनि यसै हप्ताभित्र आंकलन टुंग्याएर अर्थमन्त्रालयलाई औपचारिक पत्र पठाउने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाई बहुमत प्राप्तिका लागि प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचन गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाखा १७ र २७ गते निर्वाचन मितिको घोषणा गरेकी थिइन ।

प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । तर, निर्वाचन आयोगले भने निर्वाचन मिति घोषणा भएपछि आफ्नो सक्रियता बढाएको छ ।

आयोगले आइतबार राजनीतिक दलहरुसँग मतदाता नामावली, मतदान केन्द्र र स्थल लगायतका विषयमा छलफल गरेको थियो । आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशनका लागि प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  १० : ४७ बजे

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत

जापानका परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज