२८ चैत्र २०८२, शनिबार | April 12, 2026

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा स्थगित, भोलि पुनः सुनुवाइ हुने



काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सोमबारको सुनुवाइ सकिएको छ ।

मंगलबार पुनः सुनुवाइ हुनेगरी आजको सुनुवाइ स्थगित भएको छ । आज अधिवक्ता दीनमणी पोखरेले लामो बहस गर्दै सरकारले संविधानको धारहरुको अपव्याख्या गरेको तर्क गरे । पोखरेलले संसद विघटन गर्न पाउने प्रधानमन्त्रीको अधिकार नभएको भन्दै अन्तराष्ट्रिय नजिर पनि पेश गरे ।
पोखरेलले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीलाई संसद विघटन गर्न पाउने अधिकार नभएको विषयमा दिएको भिडियोलाई समेत इलजासमा प्रवेश गराए ।

लामो बहस गरेका पोखरेललाई बहस टुंग्याउन, समयको ख्याल गर्न र अन्य वकिलहरुलाई पनि बहसमा भाग लिन दिन इजलासले सम्झाएको थियो । पोखरेलले मात्रै ३ घण्टा बढी समय लिएपछि इजलासले समयको पावन्दीलाई सुझाव दिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वमा विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। सुनुवाइ भोलि मंगलबार पनि जारी रहनेछ ।

 

 

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ४ : ०३ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख