७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा स्थगित, भोलि पुनः सुनुवाइ हुने



काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सोमबारको सुनुवाइ सकिएको छ ।

मंगलबार पुनः सुनुवाइ हुनेगरी आजको सुनुवाइ स्थगित भएको छ । आज अधिवक्ता दीनमणी पोखरेले लामो बहस गर्दै सरकारले संविधानको धारहरुको अपव्याख्या गरेको तर्क गरे । पोखरेलले संसद विघटन गर्न पाउने प्रधानमन्त्रीको अधिकार नभएको भन्दै अन्तराष्ट्रिय नजिर पनि पेश गरे ।
पोखरेलले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीलाई संसद विघटन गर्न पाउने अधिकार नभएको विषयमा दिएको भिडियोलाई समेत इलजासमा प्रवेश गराए ।

लामो बहस गरेका पोखरेललाई बहस टुंग्याउन, समयको ख्याल गर्न र अन्य वकिलहरुलाई पनि बहसमा भाग लिन दिन इजलासले सम्झाएको थियो । पोखरेलले मात्रै ३ घण्टा बढी समय लिएपछि इजलासले समयको पावन्दीलाई सुझाव दिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको नेतृत्वमा विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। सुनुवाइ भोलि मंगलबार पनि जारी रहनेछ ।

 

 

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ४ : ०३ बजे

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म