१८ माघ २०८२, आइतबार | February 1, 2026

सुरक्षा खतरालाई मध्यनजर गर्दै अमेरिकी संसद भवन बन्द, बाइडनको सपथ रिहर्सल पनि स्थगित



काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले शपथ ग्रहण गर्नुअघि सुरक्षाका कारण वासिंगटन डिसीस्थित क्यापिटल बिल्डिङ बन्द गरिएको छ ।

त्यस्तै जो बाइडेनको पदभार ग्रहणको रिहर्सल पनि स्थगित गरिएको छ । बाइडेनको शपथअघि सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ भने हजारौं नेशनल गार्ड तैनाथ गरिएको छ ।

अमेरिकी कांग्रेसको घर भनिने क्यापिटल बिल्डिङमा ६ जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थकले हिंसा मच्चाउँदा पाँच जनाको मृत्यु भएको थियो ।

प्रत्यक्षदर्शीले क्यापिटल नजिकै धुवाँ उड्दै गरेको देखेको बताएका छन् । वासिंगटन फायर सर्भिसले नजिकै आगलागीको घटना भएको र त्यसलाई नियन्त्रणमा लिइएको जनाएका छन् ।

क्यापिटलका कर्मचारीलाई उच्च सतर्कतामा रहन आग्रह गरिएको छ भने कोही भित्रबाहिर गर्न नसक्ने गरी बन्द गरिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ७ : ५६ बजे

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज