६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

सुरक्षा खतरालाई मध्यनजर गर्दै अमेरिकी संसद भवन बन्द, बाइडनको सपथ रिहर्सल पनि स्थगित



काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले शपथ ग्रहण गर्नुअघि सुरक्षाका कारण वासिंगटन डिसीस्थित क्यापिटल बिल्डिङ बन्द गरिएको छ ।

त्यस्तै जो बाइडेनको पदभार ग्रहणको रिहर्सल पनि स्थगित गरिएको छ । बाइडेनको शपथअघि सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ भने हजारौं नेशनल गार्ड तैनाथ गरिएको छ ।

अमेरिकी कांग्रेसको घर भनिने क्यापिटल बिल्डिङमा ६ जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थकले हिंसा मच्चाउँदा पाँच जनाको मृत्यु भएको थियो ।

प्रत्यक्षदर्शीले क्यापिटल नजिकै धुवाँ उड्दै गरेको देखेको बताएका छन् । वासिंगटन फायर सर्भिसले नजिकै आगलागीको घटना भएको र त्यसलाई नियन्त्रणमा लिइएको जनाएका छन् ।

क्यापिटलका कर्मचारीलाई उच्च सतर्कतामा रहन आग्रह गरिएको छ भने कोही भित्रबाहिर गर्न नसक्ने गरी बन्द गरिएको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ७ : ५६ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस