१९ बैशाख २०८१, बुधबार | May 1, 2024

विधानको धारा ५६(ख)को उपधारा १० बमोजिम तपाईलाई साधारण सदस्यबाट किन निस्काशन नगर्ने ? : प्रधानमन्त्रीलाई सोधिएको स्पष्टिकरण



काठमाडौं। कानुनीरुपमा नेकपा विभाजित नभएपनि नेकपाकै नामबाट एकले अर्को पक्षका नेताहरुलाई कारवाही गर्ने सृङ्खला भने तिब्ररुपमा चलिरहेको छ । कानुनका छिद्रहरु केलाउंदै आफुले नेतृत्व गरेको पार्टीलाई बैधानिकता प्रदान गराउन एक पक्षले अर्को पक्षलाई कारवाही गरिरहेका छन् । कारवाहीको पछिल्लो सृङ्खला अन्तर्गत नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई साधारण सदस्यबाट निस्काशन गर्ने प्रक्रिया अगाडी बढाएको छ । ओलीलाई यस अघि नै अध्यक्षपदबाट हटाएको बताउंदै आएको सो पक्षले अध्यक्षबाट हटाएपछि पनि आफुलाई अध्यक्ष हुं भन्दै क्रियाकलाप गर्न नछाडेको आरोप सहित तीन दिने स्पष्टिकरण सोधेको छ ।

प्रधानमन्त्री ओलीलाई सोधिएको स्पष्टिकरण बुझाउन प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल सहितको टोलि सोमबार बालुवाटार पुगेर पत्र बुझाएर फर्केका थिए । ओलीलाई सोधिएको स्पष्टिकरणमा साधारण सदस्यबाट किन नहटाउने ? भन्ने प्रश्न गरिएको छ । नेकपाको अन्तरिम विधानको धारा ५६(ख) को उपधारा १० बमोजिम साधारण सदस्यबाट किन नहटाउने ? भन्ने प्रश्न सहित स्पष्टिकरण सोधिएको छ । यस अघि नेकपाको बहुमत केन्द्रीय कमिटीले सोहि धाराको उपधारा १ बमोजिम अध्यक्ष पदबाट ओलीलाई हटाएको थियो ।

यस्तो छ स्पष्टिकरण पत्र :

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ८ : ०४ बजे

आज नेपाल र वेस्ट इन्डिज ए बीच तेस्रो खेल हुँदै

काठमाडौं । पाँच खेलको ट्वान्टी-२० शृंखलाका लागि नेपाल भ्रमणमा रहेको

आजको मौसम : लुम्बिनीसहित ३ प्रदेशमा हावाहुरीको संभावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७