२० मंसिर २०८२, शनिबार | December 6, 2025

काठमाडौमा फेरि मृत अवस्थामा दम्पत्तीको शव भेटियो



काठमाडौं । गत २५ पुसमा काठमाडौंको टोखामा एक दम्पत्ती मृत भेटिएको दुई साता नवित्दै ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा अर्का एक दम्पत्ती मृत अवस्थामा फेला परेका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाँगाथलीमा डेरा गरी बस्ने राजविराज घर भएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीया श्रीमती निर्मला पोखरेल सोमबार मृत भेटिएका हुन्।

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख [एसएसपी] किरण बज्राचार्यले दम्पती मृत भेटिएको र अहिले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताइन्।

उनले कोठाभित्र स्लफर नामको विषादीको बट्टासमेत फेला परेका कारण आत्महत्या गरेका हुनसक्ने भन्दै अनुसन्धान सोही दिशामा केन्द्रित गरेको बताइन्।

गतवर्ष फागुनमा विवाह गरेका सागर र निर्मलाको शव बन्द कोठाभित्र भेटिएको हो। पोखरेल भेटेनरी सामानका सप्लायरको काम गर्दै आएको प्रहरीले जनाएको छ।

यस अघि पुस महिनामा पनि काठमाडौंको टोखामा उमेश केसी र उनकी श्रीमती सुदिक्षा गिरी मृत भेटिएका थिए । हालसम्मको अनुसन्धानले सुदिक्षाले उमेशको हत्यापछि आत्महत्या गरेको देखाएको छ । उपत्यकामा फेरि एक दम्पती घरभित्रै मृत भेटिएका छन्।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  २ : ३६ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय