६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

कृषिमा विदेशी लगानी भित्र्याउनुअघि प्रशस्त गृहकार्य आवश्यक



काठमाडौं । नेपालको कृषि क्षेत्र विकासको निम्ति विदेशी लगानी आवश्यक रहेपनि प्रशस्त गृहकार्य आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित ‘कृषिमा विदेशी लगानी खुल्ला किन’ विषय बहस कार्यक्रममा भाग लिदैँ सरोकारवालाहरुले नेपालको कृषि क्षेत्रको विकासका निम्ति विदेशी लगानी आवश्यक भएतापनि प्रशस्त गृहकार्य बिना भित्र्याउन नहुने धारणा व्यक्त गरेका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले कृषिमा विदेशी लगानी चाहिएको भएपनि व्यापक गृहकार्यको आवश्यकता रहेको बताए । नेपालको कृषि क्षेत्र व्यवसायिकतातर्फ उन्मुखमात्रै भएको अवस्थामा लगानी चाहिएपनि पर्याप्त छलफल आवश्यक रहेको औंल्याए । कृषिमा विदेशी लगानीको लागि सरकारले निकै समयदेखि प्रयास गरिरहेपनि हाललाई आन्तरिक क्षमता बढाउनको निम्ति भन्दै लगानी भित्राइनसकेको उनको भनाइ छ ।

उद्योग वाणिज्य महासंघका सदस्य अरनिको राजभण्डारीले कृषिमा विदेशी लगानी भित्राउदै गर्दा नेपालका साना किसान विस्थापित हुनुनहुने धारणा राखे । नेपालमा साना किसानमा आधारित कृषि रहेको भन्दै उनले ति साना किसानलाई रोजगारीको विकल्प हुनुपर्ने बताए । यस निम्ति अध्ययन आवश्यक रहेको उनको भनाइ छ ।

डेरि एशोसियसनका महासचिव प्रल्हाद दाहालले नेपालमा कृषिको लागि लगानी भित्राउन आवश्यक नरहेको बताए । कृषिमा लगानी पहुँचवालाहरुलाई जागिर खाने बाटो मात्रै हुने टिप्पणी गर्दै उहाँले कृषिमा लगानी भित्राउने भुल नगर्न सरकारलाई सुझाव दिए ।

गोल्यान समुहका अध्यक्ष पवन गोल्यानले नेपालमा भएको उद्योगहरु विस्थापित नहुनेगरी विदेशी लगानी भित्राउनुपर्नेमा जोड दिए । विदेशी लगानीले नेपाली कृषि क्षेत्रलाई घाटा नहुने गोल्यानको भनाइ छ ।

नेपालमा कृषि क्षेत्रको विकासका निम्ति विदेशी लगानी आवश्यक भएपनि कुन क्षेत्रमा आवश्यक हो किटान साथ आउनुपर्ने तथा नेपालका साना किसानहरुको रोजिरोटी गुम्नु नुहुनेमा छलफलमा सहभागीहरुको जोड रहेको थियो ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ६ : ०६ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का