२ माघ २०८१, बुधबार | January 15, 2025

श्वास किन गन्हाउँछ ?



एजेन्सी । श्वास गन्हाउने समस्याले धेरैलाई दु:ख दिएको हुन्छ । साधारणतया नियमित मुख सफा नगर्दा, दाँत नमाझ्दा, वा खानपानको गडबडीले मुख गन्हाउने समस्या हुन्छ । तर कतिपय मानिसमा नियमित सरसफाइका बावजुद सास र मुख गन्हाउने समस्या हुन्छ ।

मुख गन्हाउनुको धेरै कारणहरु हुन सक्छन्, जस्तै गलत खानपान, पेटको समस्या, दाँत वा मुखको सरसफाई नहुनु आदिले मुख गन्हाउने गर्दछ ।

धेरैले यसलाई सामान्य समस्या मान्दछन् । तर अवस्था अनुसार यो गम्भिर रोगको संकेत पनि हुनसक्छ । त्यसैले समयमै मुख तथा श्वास गन्हाउने समस्याबारे जानकारी हुन आवश्यक छ ।

कस्तो अवस्थामा मुख गन्हाउने समस्या खतरनाक ?

– मुखमा घाउ खटिरा आएमा

– गाँठागुँठी आएमा

– गिजा पाकेमा

– दाँतमा किरा लागेमा

– खाल्डो परेमा तथा दाँत राम्ररी सफा नभएमा

यस्ता समस्या भएमा मुखको क्यान्सर, मधुमेह, स्वास प्रश्वासनलीमा, मृगौलामा समस्या उत्पन्न भएको हुनसक्छ ।

मुख गन्हाउने समस्याबाट बच्न के गर्ने ?

– नियमित बिहान बेलुका राम्ररी ब्रस गर्नुहोस् ।

– मुखमा घाउ भए मनतातो पानीमा नुन हालेर कुल्ला गर्ने ।

– निमको पातलाई पिसेर मनतातो पानीमा हालेर कुल्ला गर्ने ।

– बाहिर निस्कदा चुइगम, ल्वाङ, सुकुमेल टुक्रा चपाउने ।

– समस्या दीर्घकालिन देखिएमा चिकित्सकको परामर्श लिने ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ६ : ५३ बजे

यस्ता छन् अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौं । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन र

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि

राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रास्वपा कार्यकर्ताद्वारा अदालत परिसरमा हातपात

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्ने