८ माघ २०८२, बिहिबार | January 22, 2026

श्वास किन गन्हाउँछ ?



एजेन्सी । श्वास गन्हाउने समस्याले धेरैलाई दु:ख दिएको हुन्छ । साधारणतया नियमित मुख सफा नगर्दा, दाँत नमाझ्दा, वा खानपानको गडबडीले मुख गन्हाउने समस्या हुन्छ । तर कतिपय मानिसमा नियमित सरसफाइका बावजुद सास र मुख गन्हाउने समस्या हुन्छ ।

मुख गन्हाउनुको धेरै कारणहरु हुन सक्छन्, जस्तै गलत खानपान, पेटको समस्या, दाँत वा मुखको सरसफाई नहुनु आदिले मुख गन्हाउने गर्दछ ।

धेरैले यसलाई सामान्य समस्या मान्दछन् । तर अवस्था अनुसार यो गम्भिर रोगको संकेत पनि हुनसक्छ । त्यसैले समयमै मुख तथा श्वास गन्हाउने समस्याबारे जानकारी हुन आवश्यक छ ।

कस्तो अवस्थामा मुख गन्हाउने समस्या खतरनाक ?

– मुखमा घाउ खटिरा आएमा

– गाँठागुँठी आएमा

– गिजा पाकेमा

– दाँतमा किरा लागेमा

– खाल्डो परेमा तथा दाँत राम्ररी सफा नभएमा

यस्ता समस्या भएमा मुखको क्यान्सर, मधुमेह, स्वास प्रश्वासनलीमा, मृगौलामा समस्या उत्पन्न भएको हुनसक्छ ।

मुख गन्हाउने समस्याबाट बच्न के गर्ने ?

– नियमित बिहान बेलुका राम्ररी ब्रस गर्नुहोस् ।

– मुखमा घाउ भए मनतातो पानीमा नुन हालेर कुल्ला गर्ने ।

– निमको पातलाई पिसेर मनतातो पानीमा हालेर कुल्ला गर्ने ।

– बाहिर निस्कदा चुइगम, ल्वाङ, सुकुमेल टुक्रा चपाउने ।

– समस्या दीर्घकालिन देखिएमा चिकित्सकको परामर्श लिने ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ६ : ५३ बजे

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

निर्वाचनमा निष्पक्ष, व्यवसायिक र जिम्मेवार पत्रकारिता प्रवर्द्धन महासंघको आह्वान

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

बाँकेमा १६ औं शृङ्खलामा हात्तीपाइले रोग विरुद्ध औषधि सेवन गराईँदै

नेपालगन्ज । बाँकेमा ६२ प्रतिशत नागरिकको पहुँचमा मात्र हात्तीपाइले रोग