८ बैशाख २०८१, शनिबार | April 20, 2024

यो अवस्थामा कोरोना विरुद्धको खोप लगाउनु हुँदैन



बुटवल । कोरोना भाइरस विरुद्धको खोपको महा अभियान थालेको भारतको एक खोप र्मिाणकर्ता कम्पनीले निश्चित अवस्थाका मानीसहरुले कोरोना भाइरस विरुद्धको खोप नलगाउन सुचित गरेको छ । खोप निर्माण कर्ता भारत वायोटेकले एक सुचना जारी गर्दै नियमित औषधी सेवन गरिरहेका, गर्भवती, बच्चालाई दुध खुवाउँदै गरेका महिला, एलर्जीको दिर्घ रोगी तथा तोकीएको अवस्थामा खोप नलगाउन सर्वसाधारणलाई सुचना जारी गरेको छ ।

भारतमा ३ लाख ८१ हजार अग्रपङ्तीमा रहेका नागरिकमा खोप लगाउँदा ५८० जनामा साइड इफेक्ट देखिएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

भारत वायोटेकले जारी गरेको सुचनामा दिर्घ रोगीका साथै अल्पकालमा ज्वरो आएको अवस्थामा, एलर्जी भएको अवस्थामा वा इम्युनिटीका लागि भिटामिन वा अन्य कुनै औषधी सेवन गरिरहेकाहरुलाई पनि कोरोना विरुद्धको खोप नलगाउन सचेत बनाएको छ ।

दुई चरणमा खोप लिनु पर्ने गरि सुरुभएको महा अभियानमा खोप लिएका नागरिकलाई कम्तीमा ३ महिना स्वास्थ्यकर्मीको निगरानी आवश्यक पर्ने भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा उत्पादीत कोरोना विरुद्धको खोप आजै बाट नेपाल सहित अन्य भारतसँग सिमा जोडीएका छिमेकी देशहरुलाई अनुदानमा पठाउने भारत सरकारले निर्णय गरिसकेको छ । भारत सरकारले भारतका दुई भ्याक्सिन निर्माणकर्ता कम्पनी सीरम इंस्टीट्यूटले उत्पादन गरेको कोविशील्ड र भारत बायोटेकले उत्पादन गरेको कोवैक्सीनलाई मात्र प्रयोगका लागि अनुमती प्रदान गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ९ : १३ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन